कल्पट्ठेको कहानी, शक्तिको खानी

Published by:

Published on:

ऐश्वर्या कुवँर महेन्द्रनगर । जब हामीलाई ठूलो संकटको सामना गर्नु पर्ने हुन्छ, त्यति बेला हाम्रो मन,मस्तिष्क, अनि जिब्रोको टुप्पोमा आएर बसेको हुन्छ देवीदेवता, अनि भगवान् नाम । त्यस्तै एक प्रसिद्ध मन्दिरको नाम हो कल्पट्ठे । जुन मन्दिरमा गएर जे बरदान माग्यो त्यहि पूरा हुने पुरातात्विक भनाई रहेको छ

भीमदत्त नगरपालिका वडा नम्बर १० जिमुवा भन्ने गाउँको विचमा कल्पट्ठे देवताको मन्दिर छ । यसलाई कालभैरव देवता भनेर पनि चिनिन्छ । जुन काला ध्वजा पतङ्गा,त्रिशुल,घन्टले भरीभराउ र झकमक्क रहेको छ । सो कल्पट्ठे देवताको मन्दिर पश्चिमी सीमा नाका गड्डाचौकी भन्सार ब्यारियल भन्दा ४ किलोमिटर उत्तर हँुदै ब्रहमदेवको जाने बाटोमै पर्दछ ।

कल्पट्ठे देवताले कालो रङ्गको बोकाको बलि खाने गरेको पाईन्छ । मन्दिरका प्राचिन पुजारी तथा यहाँका समाजसेवी, जानकारका अनुसार कल्पट्ठे देवताको शक्ति अदभुत रहेको छ । बैजनाथ बाबाको क्षेत्र मानिने यो भूमिमा कालभैरव देवता पनि निकै अदभुतरुपी देवता हुन् ।

कल्पट्ठे देवताको कसरी भयो त उत्पत्ति रु यस्तो छ ईतिहास
विगत दुई सय वर्ष पहिले डडेल्धुरा जिल्लामा बसोवास गर्ने क्षेत्री प्वालीका पुर्खाहरुले कञ्चनपुरको झिलमिला तालमा बसोवास गर्ने गरेको र एक दिन प्वालीका पुर्खा अथवा परबाजेको सपनामा भगवान् आएर झिलमिला ठाउँ छाड्न आग्रह गरी भावर जान आग्रह गरेको कल्पट्ठे मन्दिरका पुजारी डम्बर बहादुर प्वालीले बताए ।

प्वालीका बाजे पुर्खाहरुले भावर अथवा ९मधेशमा० बाघ भालुको डर हुने भएपछि आफू अरु मधेशमा आउन डराएको र फेरि अर्को दिन भगवान सपनामा आई तलाई एउटा विट दिन्छु भनेपछि प्वाली बाजेका पुर्खाले झिलमिला तालको विचमा रहेको देवताको विट ल्याई भीमदत्त नगरपालिकाको वडा नम्बर १० को जिमुवा भन्ने ठाउँमा बसोवास गरी र त्यहि ठाउँमा त्यो विटको थपना गरी पुजाआजा गर्ने चलन रहेको पुर्खाहरुको भनाई रहेको र सोही अनुसार अनुसार आजभोलि त्यो मन्दिरको नाम कल्पट्ठे मन्दिर अथवा कालभैरव रहन गएको पुजारीको भनाई छ ।

प्राचिन भनाईलाई ब्याख्या गर्दै पुजारी डम्बर प्वालीले कल्पट्ठे देवता शिद्धनाथ बैजनाथ बाबाका द्धारपाले भएको र एक दिन बैजनाथ बाबाले कल्पट्ठे अथवा कालभैरव देवतालाई बलिको रुपमा कालो बोका खान दिएपछी कल्पट्ठे देवताको उतपत्ती भएको र कल्पट्ठे मन्दिरमा क्षेत्री प्वालीनै पुजारी रहने गरेको बताए ।

कल्पट्ठे मन्दिरमा हप्ताको सनिबार र मंगलबार दुई दिन पुजा हुने प्रचलन रहेको छ । कल्पट्ठे मन्दिरमा पुजा सामाग्रीको रुपमा कालो नेजा,त्रिशूल,घन्ट,कालो बोका चढाईन्छ । कल्पट्ठे देवताले रातीको १२ बजे मात्र कालो बोका बलि खाने चलन रहेको छ ।

कल्पट्ठे मन्दिरमा पुजा आजा अथवा भाकल गर्नाले मनले चिताएको कुरा पुरा हुने धार्मिक आस्था र विश्वास छ । किनकी केही बर्ष अघि एक जना भारतीय नागरिकले विरामी श्रीमती कुनै पनि अस्पतालमा रोगको पत्ता लाग्न नसकेपछि अन्ततः कल्पट्ठे मन्दिरमा ल्याएर श्रीमती निको भएको र श्रीमती निको भएको खुसीमा उनले जिमुवामा कल्पट्ठे मन्दिरको स्थापना गरेको स्थानीय बताउँछन् ।

कल्पट्ठे मन्दिरमा सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाका भक्तजन,भारतको पिलिभित,बरेली,कर्णाली पारीका बाके, बर्दिया, कैलाली लगाएत टाढा टाढा जिल्लाका मानिसहरु पनि पुजा गर्ने आउने गरेको पण्डितहरुको भनाई छ ।


उसो त कञ्चनपुर जिल्ला विभिन्न देवी देवताको देव भूमि हो । यो ठाउँलाई अर्को भाषामा सिद्धनाथ बैजनाथ देवताको भूमि पनि भनिन्छ । यहाँ बसोवास गर्ने मानिस प्राय ः भूमि देवताको रुपमा सिद्धनाथ बैजनाथ बाबालाई पुज्ने गर्दछन् ।

बैजनाथबाबाको क्षेत्र मानिने यो भूमिमा कालिका देवी स्थापित रहेकी छन् । कालिका देवी कैलाली र कञ्चनपुरमा स्थापित मोहन्याल, ग्वासीसमैजी,सिद्धनाथ र वैजनाथ देवतासँग पनि छन् ।

ताजा समाचार

सम्बन्धित समाचार