सविधान दिवसको खुसीमा महाकाली यातायात प्रालिले द्धारा सवारी भाँडामा छुट

Published by:

Published on:

महेन्द्रनगर । महाकाली यातायात प्रालि महेन्द्रनगरले संविधान दिवसको उपलक्षमा सवारी भाँडामा छुट दिने भएको छ ।

असोज २ गते पर्ने संविधान दिवसको उपलक्ष्यमा महाकाली यातायात प्रालि महेन्द्रनगरले लामो तथा छोटो दुरीका सवारी साधनको भाँडामा ५ प्रतिशतले छुट दिने भएको हो ।

महाकाली यातायात प्रालि महेन्द्रनगरका सचिव देवराज जोशीले संविधान देशको मूल कानुन भएको हुदा संविधान स्थापना दिवसको खुसीमा महाकाली यातायात प्रालिले असोज एक गते देखि पाच गते सम्म सवारी भाँडामा ५ प्रतिशतले छुट दिएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार