महेन्द्रनगरमा पहिलोपटक निःशुल्क थिएटर कार्यशाला

Published by:

Published on:

महेन्द्रनगर । महेन्द्रनगरमा पहिलोपटक निःशुल्क थिएटर कार्यशाला सञ्चालन भइरहेको छ। मण्डला नाटक घरको मातहतमा महेन्द्रनगरमा नाटक प्रशिक्षक पिंकी बोहराद्वारा असोज १ गते देखि १५ गतेसम्म भीमदत्त नगरपालिकाको हलमा थिएटर कार्यशाला सञ्चालन भइरहेको हो।

कार्यशालामा थिएटर र अभिनयबारे जान्न, बुझ्न र अभ्यास गर्न इच्छुकले सुदूरपश्चिमको जुनसुकै जिल्लाबाट सहभागी हुन सक्ने नाटक प्रशिक्षक बोहराले बताउनुभएको छ। साथै कलाकारितामा सपना देख्नु भएका नवयुवाका लागि कार्यशाला एकदमै लाभदायक हुने नाटक प्रशिक्षक बोहोराले बताउनुभएको छ।

१५ दिनसम्म चल्ने यस कार्यशालामा सहभागीहरू थिएटर र अभिनयबारे जान्न पाउनेछन् भने अन्तिम दिनमा सडक नाटक समेत प्रस्तुत गर्ने छन्। यस नाट्य प्रशिक्षणको सुपरिवेक्षणका लागि काठमाडौंबाट मन्डला नाटकघरको टोली समेत महेन्द्रनगर आउने नाटक प्रशिक्षक बोहराले जानकारी दिनुभएको छ।

कला तथा साहित्यमा रुचि राख्ने पिंकी बोहरा अहिले नाट्य प्रशिक्षण सञ्चालन गरिरहेकी छन् । उनी नेपालको कविता रियालिटी सो ुद पोयट आइडलु मा दसौं स्थानसम्म पुग्न सफल भएकी थिइन्।

ताजा समाचार

सम्बन्धित समाचार