सुरो नेपाल एनजिओले कृष्णपुरका किसान ठग्यो

Published by:

Published on:

महेन्द्रनगर । सुरो नेपाल नामक एक गैर सरकारी संस्था९एनजिओ बाट किसान ठगिएका छन । सरकारको बिरोध गरेर आफ्नै नै हु जनताको सेवक देखाएर जनता उल्लु बनाउँदै डलर पचाउँदै आएका एनजिओको जालमा कृष्णपुरका किसान समेत परेका छन । कृष्णपुर नगरपालिका–६ का किसान अनुदान पाउने आशामा बिचौलिया र संस्थाबाट ठगिएका छन् ।

स्थानीय किसानबाट अनुदानमा पावर टिलर उपलब्ध गराउने भन्दै लाखौँ रकम संकलन गरिएको पाईएको छ । गत बैशाख र जेठमा किसानबाट असारमा पावर टिलर वितरण हुने भन्दै पैसा जम्मा गरेका किसानले हालसम्म पावर टिलर पाउन सकेका छैनन् । स्थानीय पुष्पराज भट्टले ५० प्रतिशत अनुदानमा संस्थाबाट पावर टिलर उपलब्ध गराउने भन्दैँ प्रति किसान एक लाख १२ हजार संकलन गरेका हुन् ।

ऋण निकालेर पैसा बुझाएको चार महिना बितिसक्दा पनि नपाएपछि किसान चिन्तित भएका छन् । आफुहरु दोहोरो तरिकाले ठगिएको पिडित किसानहरुले बताका छन् । पुष्पराजले संस्थाको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लागतमा पाईने पावर टिलरका लागि ५० प्रतिशत रकम उठाएको किसानको दावि छ । कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका गणेश कामीले छिमेकीबाट ऋण निकालेर बैशाख २७ गते स्थानीय पुष्पराज भट्टले एक लाख १२ हजार बुझाएको बताए ।

उनले पुष्पराज गाउँकै चिनजानको भएकोले उनले भने अनुसार नै उक्त रकम बुझाएको बताए । उनका अनुसार पुष्पराजले संस्थाबाट ५० प्रतिशत अनुदानमा पावर टिलर पाईने भन्दै रकम जम्मा गर्न भनेका थिए । ‘चम्फा चाहिने किसानले एक लाख १२ हजार रुपयाँ बुझाउनु संस्थाबाट ५० प्रतिशत अनुदानमा मिल्छ भनेका थिए ।’ उनले भने ‘असारमा रोपाईका लागि चेम्फा मिल्छ भनेको थियो, तर धान काट्ने बेला भईसक्दासम्म पनि पाएका छैन् ।’ त्यस्तै मौरीफाँटाकै अर्का किसान गणेश बहादुर विष्टले चेम्फाका लागि पुष्पराजलाई एक लाख १२ हजार रुपयाँ नगद बुझाएको बताए ।

उनले पुष्पराजलाई नगद पैसा दिएको तर असारमै चम्फा आउँछ भन्दै कुनै सम्झौता नगरिएको बताए । बिना कुनै सम्झौता नै नगरि सुरु नेपालका कर्मचारीको व्यक्तिगत खातामा पुष्पराजले पैसा पठाएको पाईएपछि आफुहरुलाई ठगिएको आभास भएको उनको भनाई छ । साथै उनले चेम्फा र बाँकी पैसा ब्याजसहित फिर्ताका लागि हुनेपर्ने माग गरेका छन । किसानलाई तत्काल २५ प्रतिशत अनुदानमा पावर टिलर उपलब्ध गराउनु पर्ने र बाँकी रकम ब्याजसहित फिर्ता गर्नुपर्ने पिडित किसान मान बहादुर विष्टले बताए ।

उनले साहुबाट ब्याजसहित ऋण निकालेर पैसा जम्मा गरेको बताउँदै विगतमा पनि यस्तै अनुदानमा वडा कार्यालयबाट कृषी सामाग्री पाएकाले सोही विश्वासको आधारमा रकम जम्मा गरेको बताए । ‘विगतमा पनि अनुदानमा कृषी सामाग्री पाईन्थ्यो ।’ कृषक विष्टले भने ‘अघिल्लो वर्ष पनि वडाबाट मैले अनुदानमा पानि मोटर लिएको थिए, त्यसै गरि पाईन्छ होला भनेर पुष्पराजलाई पैसा बुझाएको हुँ ।’ अनुदान दिने नाममा पैसा उठाएको अपचनल गरेपछि किसान विचल्लीमा परेका छन् । साथै उनिहरुले पावर टिलरसहित बाँकी रकम ब्याजसहित फिर्ता नभए कानुनी कार्वाही पक्रियामा जाने चेतावनी समेत दिएका छन् ।

कृष्णपुर–६ मा मौरीफाँटा, बालुवाफाँटा, सोराई टोल लगायतका करिब ३० बढी किसानबाट पैसा उठाएको स्थानीयको दावि छ । स्थानीय पुष्पराजले भने सुरो नेपाल संस्थाले अनुदानमा पावर टिलर दिने भनेपछि किसानबाट रकम संकलन गरिएको बताए । उनले ५० प्रतिशत अनुदानमा संस्थाले पावर टिलर दिने जानकारी पाएको र सोही अनुसार १८ किसानबाट जनही एक लाख १२ हजार संकलन गरेको बताए । ‘संस्थाले ७५ प्रतिशत अनुदान दिनेबारेमा मलाई थाहा थिएन, ५०० प्रतिशत भनेर किसानबाट रकम संकलन गरिएको हो ।’उनले ‘मैले २० लाख रुपयाँ संस्थाको कर्मचारीको खातामा जम्मा गरिदिएको हुँ, मैले किसानको रकम अपचलन गरेको छैन्, किसानको पैसा खाने मेरो कुनै नियम छैन् ।’साथै किसान ठगीको मुख्य जिम्मेवार सुरो नेपाल संस्था रहेको उनको आरोप छ । किसानलाई ब्याजसहित रकम फिर्ताका लागि संस्थासँग कुरा भईरहेको उनको दावि छ । त्यस्तै किसानसँग अनुदान सम्झौता नगर्नु गल्ती भएको उनले स्वीकारे । पुष्पराजले सुरो नेपालकी कार्यकारी निर्देशक शुसिला खड्काको व्यक्तिगत बैंक खातामा २० लाख रुपयाँ जम्मा गरेको बताए ।

पुष्पराजले संस्थालाई मात्रै दोसि रहेको दावि गरेपनि दुवैको मिलोमतोमा किसान ठगिएको स्थानीयको आरोप छ । अनुदानमा किसानको लागत २५ प्रतिशत मात्रै रहेको कुरा बाहिरिएपछि उनिहरुले एक–अर्कोलाई आरोपप्रत्यारोप गरिरहेको पिडित किसानको गुनासो छ । स्थानीयले पुष्पराज नेपाली कांग्रेसका कार्यकर्ता भएकाले नगर प्रमुख हेमराज ओझाले दोसिलाई कार्वाही गर्नुको साटो मुद्धा मिलाउन खोजेको आरोप समेत लगाएका छन् ।

सुरो नेपालकी कार्यकारी निर्देशक खड्काले भने किसानबाट ५० प्रतिशत रकम उठाएकोमा आफु अनविज्ञ रहेको बताईन् । आफुलाई ३५ जना किसानको २५ प्रतिशतका दरले २० लाख रुपयाँ मात्रै आएको उनको दावि छ । ‘हामिले विगत देखि नै कार्यक्रम सञ्चालन गदै आएको थियौ, किसानलाई कृषी यान्त्रीकरणमा सहजताका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।’ कार्यकारी निर्देशक खड्डकाले भनिन् ‘५० प्रतिशत रकम उठाएको कुरा बाहिरिएपछि कार्यक्रम रद्द भएको हो, हामी किसानको रकम फिर्ता गर्न तयार छौँ, यस विषयलाई राजनीतिक रुपमा ईस्यु बनाउन खोजिएको छ ।’

अनुदान कार्यक्रमका लागि किसानसँग कुनै सम्झौता नभएको उनले स्वीकारेकी छिन् । साथै आफुले पाएको रकम बिना ब्याज फिर्ता गरिदिने पनि बताईन् । कैलालीमा सोही सहकारी संस्थाहरुले अनुदानका लागि भन्दै किसानबाट ५० प्रतिशत रकम उठाएकोमा कार्वाही सुरु भएपछि यो विषय सतहमा आएको हो । किसान ठगीको आरोपमा कैलालीका केही सहकारीका अध्यक्ष पक्राउ परेको विषयमा सस्थाले ध्यानार्कषण भएको भन्दै ७५ प्रतिशत अनुदानमाा किसानलाई विगतदेखि नै पावर टिलर वितरण गदै आएको विषय उल्लेख गरेको छ ।

साथै संस्थासँगैको सम्झौता विपरित किसानबाट पैसा संकलन गरिए कार्वाही अगाडी बढाउने सुरु नेपालको विज्ञप्तीमा उल्लेख छ । तर कृष्णपुर भरी नै अनुदान कार्यक्रम चलाएको सुरो नेपालले किसानसँगै सम्झौता गरेको छैन् । साथै नगरपालिकाले किसान सुचिकृत नगरिदिएकाले कार्यक्रम सञ्चालनमा समस्या भएको संस्थाले जनाएको छ । यसरी ठगि गर्ने एनजिओमाथि किसानले कानुनी कार्बाहीको माग अघि सारेको छन ।

ताजा समाचार

सम्बन्धित समाचार