अखिल क्रान्तिकारी कञ्चनपुरले भन्यो, ‘विद्यार्थीको हितका लागि शैक्षिक विकृती बिरुद्ध शसक्त संघर्षमा उत्रिन्छौँ’

Published by:

Published on:

महेद्रनगर । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुर जिल्लाको शैक्षिक विकृती बिरुद्धमा शसक्त संघर्षमा उत्रिने घोषणा गरेको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरको १४औँ जिल्ला अधिवेशनबाट दल बहादुर धामी९अबिरल० नेतृत्वको अखिल क्रान्तिकारीले विद्यार्थीको हक अधिकारका लागि शैक्षिक विकृती बिरुद्धमा शसक्त संघर्षमा उत्रिने घोषणा गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुुरका अध्यक्ष दल बहादुर धामी९अबिरल ले पाटी र संगठनको योजना, नीति, कार्यक्तम अनुरुप जिल्लामा संगठनलाई चुस्त दुरुस्त बनाउदै विद्यार्थीको हकहितका लागि अधिकतम प्रयास गर्ने बताए ।

‘विद्यार्थीको हितका लागि शैक्षिक विकृती बिरुद्ध शसक्त संघर्षमा उत्रिन्छौँ, ‘उनले भने, ‘यहाँ शैक्षिक थुप्रै विकृती छन, हटाउन सिङ्गो संगठन अघि बढ्छ ।’ शैक्षिक क्षेत्रमा देखिएका सबैखाले विकृती, बिसङगती हटाउँदै शिक्षा क्षेत्र सुधारका लागि क्रान्तिकारीले विगतदेखि गर्दै आएको संघर्ष निरन्तर अघि बढाउँदै रचनात्मक रुपमा काम गर्ने विश्वास व्यक्ति गरेका छन ।

क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष धामीले आफुलाई विद्यार्थी, पाटीले गरेको विश्वास कायम गर्दै परिमाणमुखी काम गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार