महेनद्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली नदी तटीय क्षेत्रमा नगर प्रहरी परिचालन गरेको छ।
मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार केही दिन वर्षा हुने र बाढी आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै उद्धार तथा बाढी जोखिमको विषयमा जानकारी लिन नगर प्रहरी परिचालन गरेको हो।
भीमदत्तले महाकाली नदीको तटीय क्षेत्रमा पर्ने वडा नम्बर ११, १२ र १३ मा नगर प्रहरी परिचालन गरेको जनाएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिममा अझै केही दिन मध्यमदेखि भारी वर्षा पर्ने र बाढी आउनसक्ने सम्भावना रहेको छ।
विपद् पूर्व तयारी गर्ने उद्धेश्यका साथ महाकाली नदी तटीय क्षेत्रमा नगर प्रहरी परिचालन गरिएको भीमदत्त नगर प्रहरी इकाई प्रमुख तथा नगर प्रहरी सहायक निरीक्षक सुरेन्द्र बोहराले बताए।
उनका अनुसार कार्यालयसंग उपलब्ध उद्धार सामाग्रीसहित नगर प्रहरी खटिएका छन्।यसअघि भीमदत्त नगरपालिकाले मौसम पूर्वानुमान बारे जानकारी दिँदै गाउँ गाउँमा माइकिङ गरेर धान बाली नकाट्न सूचना जारी गरेको थियो।
केही समस्या परेमा नगरपालिकाले सम्पर्क गर्न नगरवासीमा आग्रह गरेको छ।
यी हुन सम्पर्क गर्नु पर्ने नम्बर
पुष्कर भट्ट– भीनपा–११– ९८२२७००२६५
भुवन नाथ –भीनपा–१२– ९८२२७००२१५
वसन्त ठगुन्ना– भीनपा–१२– ९८२२७००२२६
केशब चन्द–भीनपा–१३– ९८६५७९०७९७
विवेक शाह–भीनपा–१३– ९८४९८११६७५
नगर प्रहरी इकाई कार्यालय– ०९९–५२१८९१