मंगलवार हराएका दुई किशोरी सकुशल जंगलमा भेटिए

Published by:

Published on:

महेन्द्रनगर । कैलालीमा गोठालो गएका बेला सम्पर्कविहीन भएका दुई जना किशोरी सकुशल भेटिएका छन्।

जिल्लाको भजनी नगरपालिका–९ को गन्जवाका १३ वर्षीया सन्जु सार्की र १४ वर्षीया आरती विक मंगलवार गोठालो गएका बेला जंगलबाट सम्पर्कविहीन भएका थिए। तर बुधवार बिहान भने दुवै जना सकुशल भेटिएको प्रहरीले जनाएको छ।

बिहान बाख्रा चराउन स्थानीय सरस्वती सामुदायिक वन गएका दुवै जना साँझ ८ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई खबर गरेका थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर विष्टले स्थानीयको सहयोगमा रातभर जंगल क्षेत्रमा खोजी गर्दा समेत नभेटिएका दुवै किशोरी बुधवार बिहान सकुशल भेटिएको बताए।

स्थानीय र प्रहरी जंगलतर्फ गइरहेका बेला बुधबार ८ बजे दुवै जना घरतर्फ आइरहेको अवस्थामा भेटिएका हुन। उनीहरुले जंगलमा बाख्रा हराएपछि बाख्रा खोज्दाखोज्दै राति परेपछि घर फर्किन नसकेको प्रहरीलाई बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार