५ पास वडा अध्यक्ष र ८ पास मेयरबाट डिग्री पास शिक्षकमाथि थिचोमिचो’

Published by:

Published on:

महेन्द्रनगर । शिक्षक संगठनका नेताहरुले जनप्रतिनिधिहरुबाट आफूहरु अपमानपूर्वक शासित हुनु परेको दुखेसो पोखेका छन् । नेपाल शिक्षक महासंघ कञ्चनपुरको प्रथम जिल्ला अधिवेशन घोषणा सभामा ५ पास वडा अध्यक्ष र ८ पास मेयरबाट आफूहरु शासित हुनु परेको गुनासो पोखेका हुन् ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन अध्यक्ष गोबिन्द बहादुर ढाँटले ५ पास वडा अध्यक्ष र ८ पास मेयरबाट डिग्री गरी शिक्षण पेशामा शिक्षकहरु शासित हुने अवस्था आएको उल्लेख गरे । उनले जनप्रतिनिधिबाट शिक्षकहरुमाथि थिचोमिचो भएको कार्यक्रममा दुखेसो पोखे ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष तुला बहादुर थापाको प्रमुख आतिथ्यमा कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा घोषणा सभामा चलि रहेको छ । प्रमुख अतिथि थापाले ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा अध्यक्ष ढाँटले शुक्लाफाँटा नगरपालिकाले कार्यपालिकाबाट निर्णय गरी आफ्नो विद्यालयमा नयाँ प्रधानाध्यापक पठाएको उल्लेख गरे । शुक्लाफाँटा सरकारलाई श्री ५ को सरकार भन्दै उनले हालसम्म कही नभएको निर्णय गरी आफ्नो विद्यालयमा कार्यपालिकाको निर्णयबाट प्रधानाध्यापक पठाइएको बताएका हुन् ।

उनले शिक्षकमाथि थिचोमिचो नरोकिए प्रतिवाद गर्न सबै शिक्षकहरु तयार भएको चेतावनी दिए । शिक्षक महासंघले शिक्षक हकहितका मुद्दालाई सशक्त रुपमा उठाउने उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार