लागु औषध नियन्त्रण सम्बन्धि तिन महिने अभियानमा जुट्यो जिल्ला प्रशासन कार्यालय कञ्चनपुर

Published by:

Published on:

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लागु औषध नियन्त्रण सम्बन्धि एक दिवशीय अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

लागु औषध नियन्त्रण सम्बन्धि तिन महिने अभियान अन्तर्गत प्रशासनले जिल्लाका सुरक्षा निकाय, स्थानीय तहका स्वास्थ शाखा प्रतिनिधि, प्रदेश कार्यालय लगाएत स्थानीय तहका पदाधिकारीहरु संगको समन्वय र सहकार्यमा लागु औषध नियन्त्रण सम्बन्धि एक दिवशीय अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्मपन्न भएको अन्तरकृया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले लागु औषधले समाजका गहिरो जरा गाड्नु समाजका लागि निकै घातक भएको बताए । लागु औषधको कारण समाजमा रहेका भविष्यका कर्णधार युवाको जिवन तहस–नहस पारिरहेको अवस्थालाई मध्यनजर गर्दै लागु औषधले परिवार,समाज,र राष्ट्रलाइनै क्षती पुर्याईरहेकोले यसको विकराल समस्यालाई नियन्त्रण र रोकथाम गरी समाजलार्ई स्वस्थ राख्न समाजको अपरिहार्य भुमिका रहेने बताए ।

उहाँले युवाहरुलाई लागु औषको पन्जामा फस्न नदिन र कुलतको दलदलमा फसेका युवाहरुलाई पनि बचाउन सरोकारवाला निकायले आ –आफनो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने सुझाब दिएका छन् । प्रजिअ सापकोटाले कञ्चनपुर जिल्ला लागु औषधको उच्च प्रभावित दश जिल्लाहरु मध्य सातौ स्थानको सुचीमा रहेको बताए ।

सापकोटाले आर्थीक वर्ष २०७९÷०८० को डाटा हेर्नेहो भने लागु औषधमा संङलग्न मध्ये एक सय ५१ जनालाई जिल्ला प्रहरी कार्यालयले कञ्चनपुरले मद्धा चलाएको बताए । सापकोटाका अनुसार जिल्ला कारागार कञ्चनपुरमा रहेका ५ सय कैदीबन्दी मध्यमा २ सय ६ जना कैदी लागु औषध मुद्धाका मात्र भएको बताउदै दिनप्रतिदिन जटिल बन्दै गईरहेको लागु औषधको समस्यालाई जरै देखि निर्मुल गर्ने राज्य, अभिभावक र सरोकारवाला निकाय अग्रसर हुनुपर्ने तर्क राखे,।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले प्रस्तुती राख्दै लागु औषको दुव्र्यसनको प्रयोगले कलीला युवाहरुले दिर्घ रोगी तथा अङ्ग भङ्ग भएर अकालमै ज्यान गुमाउनु परेको बताए ।

जोशीले विश्वको रेकर्डलाई हेर्नेहो भने विश्वमा झन्डै २९ करोड ६० लाख मानिसहरु लागु औषको कुलतमा फसेको बताए । जसमध्य २०७६ सालको डाटा हेर्ने हो भने नेपालमा मात्रै १लाख ३० हजार ४ सय ४४ जना लागु औषध सेवनकर्ता रहेको उल्लेख गरिएको छ ।अमेरीकामा मात्र वार्षिक ५ लाख मानिस लागु औषध दुव्र्यसनको ओभर डोजले मर्ने गरेको प्रस्तुत तथ्याङ्कमा उल्लेख गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार