काठमाडौं । विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने घोषणा गरेका छन्। विपत्को समयमा विमान कम्पनीहरूले अधिकतम मूल्य लिएको भन्दै आलोचना भएपछि उनीहरूको यो घोषणा आएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत महँगो मूल्य नलिन अमेरिकाबाटै आग्रह गरेका थिए। वायुसेवा सञ्चालक सङ्घको आइतबारको बैठकले तीन दिनसम्म अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने निर्णय गरेको हो।
सङ्घले सोमबार, मंगलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय गरेको जनाएको छ। संघले सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरेको छ।