सीधाकुराका प्रकाशक र कार्यकारी सम्पादकलाई तीन महिना कैद

Published by:

Published on:

काठमाडौ । अदालतले सीधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ। अदालतको अवहेलना गरेको अभियोगमा उनीहरूलाई सजाय सुनाइएको हो।

आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले उनीहरूलाई ३र३ महिनाको कैद सजाय सुनाएको हो।

उनीहरूले लिखित रूपमा अदालतसमक्ष माफी मागेमा सात दिन कैद बसी अरु कैद निलम्बन हुने विकल्प छ। त्यस्तै सीधा कुरा डटकमलाई पनि ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ। अनलाइनले क्षमायाचनासहित भूलसुधार गरेमा उसलाई तोकिएको ५ हजार रुपैयाँ जरिवाना मिनाहा हुने जनाइएको छ।

सीधा कुरा डटकमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश र केही आमसञ्चारमाध्यम सञ्चालकले लेनदेन गरेको दाबी गर्दै एक समाचार र भिडियो सामग्री प्रकाशन गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार