खुला मञ्चमा कार्तिक १ गतेदेखि रामलिला

Published by:

Published on:

महेन्द्रनगर । रामलिला समिति कञ्चनपुरले कार्तिक १ गतेदेखि खुला मञ्चमा रामलिला आयोजना गर्ने भएको छ । समितिले यस पटक १२ आं रामलिला गर्न लागेको हो । समितिले सोमबार पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको छ ।

समितिका शमरजङ्ग बहादुर चन्दले रामलिलाको तयारी अन्तिम चरणमा पुगेको बताए । समाजिक सद्भाव, धर्म, संस्कृति सरक्षण गर्दै समाजलाई सहि मार्गको डो¥याउने उदेश्यले रामलिला संचालन गर्न लागेको अध्यक्ष चन्दको भनाई छ ।

रामलिला समिति कञ्चनपुरका महासचिव नरेन्द्रराज जोशीले नेपाली तथा सुदूरपश्चिमेली भाषामा रामलिलाका दृश्य हुने बताए ।

रामलिला समितिका कोषाध्यक्ष विष्णूदत्त भट्टले रामभक्तबाटै आर्थिक सहयोगबाट रामलिला संचालन हुने बताए । रामलिला समितिका संयोजक लक्ष्मी पाण्डेले विगतको भन्दा यस बर्ष अझै परिस्कृत बनाईने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार