मन्त्र हस्पिटल द्धारा हेल्थ डेक्स संचालनमा

Published by:

Published on:

महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरले हेल्थ डेक्स संचालनमा ल्याएको छ । नजिकिदै गरेको दशै,तिहार तथा छठ पर्वलाई लक्षित गर्दै हस्पिटले बुधवार देखि कञ्चनपुरको पश्चिमी सिमा नाका गड्डाचौकीमा हेल्थ डेक्स संञ्चालनमा ल्याएको हो ।

दशै तिहारलाई लक्षित गरेर सञ्चालनमा ल्याएको हेल्थ डेक्सले भारत लगायत तेस्रो मुलुकबाट आउने आन्तिरिक तथा बाह्य पर्यटकहरुलाई पनि निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै प्राथमिक ब्यावस्थापन गर्नुका साथै सत–प्रतिशत छुटमा उपचार गर्ने मन्त्र अस्पताल तथा रिसर्च सेन्टरका प्रबन्ध निर्देशक डा गोविन्द रोकायाले बताए ।

रोकायाले स्वास्थ्य कार्यालय कञ्चनपुरको समन्वय तथा सहकार्यका हेल्थ डेक्स संचालनमा ल्याएको बताए । मन्त्र हस्पताल तथा रिसर्च सेन्टरले गत बर्ष चाडपर्वकै समयलाई लक्षित गरी गड््डाचौकी नाकामा हेल्थ डेक्स संञ्चालमा ल्याएको थियो । जसबाट नेपाल भित्रिने आन्तिरिक तथा बाह्य ५ सय भन्दा बढि पर्यटकहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नु का साथै भारतको सिमाना रहेका एसएसबीको चेकिङको लामो लाईका बसेर स्वास्थ्य समस्या जस्तै दम,प्रेसर,सुगर,लगाएतका रोगका बिरामीहरुलाई उपचार गरेको उल्लेख गरेका छन् ।

अस्पतालले प्रत्येक वर्ष दोहरीने चाडपर्वलाइ मध्यनजर गर्दै हेल्थ डेक्स सञ्चालनमा ल्याउने बताए । डाक्टर रोकायाले बुधबार देखि सञ्चालनमा आएको हेल्थ डेक्समा प्रत्येक दिन एक जना स्वास्थ्यकर्मी लगाएतको टिमको सक्रियतामा विहान ७ बजे देखि बेलुकी ६ बजे सम्म सेवा प्रवाह गर्ने रोकायाको भनाई रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार