सशस्त्रका सई नै तस्करीमा संलग्न, यसरी परे टाइगर टोलीको फन्दामा

Published by:

Published on:

महेन्द्रनगर । मंगलबार साँझ नेपाल–भारत सीमानाका त्रिनगरमा खटिएको थियो, जिल्ला प्रहरी कार्यालय कैलालीको टाइगर टोली । सोही समयमा भारतबाट सु।प।प्र। ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो नाकाछेउ डोके बजारमा पुग्यो ।

स्कारपियोबाट उत्रिए सशस्त्र प्रहरीका नायब निरीक्षक ९सई० अम्मर विष्ट । उनको साथमा गाडी चालक र एक जना अन्य व्यक्ति पनि थिए । गाडीचालकलाई ल्याउन भनेर सई विष्ट डोके बजारबाटै सु।प।प्र ०१ ००८ प ६५९८ नम्बरको मोटरसाइकलमा धनगढीतर्फ हिँडे ।

प्रहरीको टाइगर टोलीका सदस्यलाई गाडीमा अवैध सामान छ कि भन्ने शंका लाग्यो । टोलीका एक जना सदस्यले झण्डै दुई किलोमिटर धनगढीतर्फ रहेको मिलन चोकको प्रहरी बिटमा उक्त गाडी रोक्न आग्रह गरे । मिलन चोकमा खटिएको प्रहरीले उक्त गाडी रोक्यो ।

गाडीमा रहेका चालकले टाइगर टोली र बिटमा खटिएका प्रहरीलाई सशस्त्र प्रहरीको बडाभोजका लागि भारतीय बजारबाट सामान ल्याएको बताए । तर, गाडीमा ५३ सेट कुर्ता, २० सेट धोती, सात सेट ब्लाउज, सात सेट अन्डरवेयर, ६ सेट गन्जी, ५० किलो चिनी, दुई पेटी तेल र दुई कट्ठा नरिवललगायतका अन्य सामान राखिएको थियो ।

बडाभोजका लागि भनेपछि खाद्यान्नका सामान छोडिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार बडाभोजको कार्यक्रमका लागि भन्दै ल्याइएका कपडा भने बरामद गरिएको छ ।

‘गाडीसहित चालक भने फरार छन्,’ उनले भने । सामान बरामद भएपछि सई विष्ट प्रहरी बिट मिलन चोक पुगेका थिए । उनले भने गाडीमा ल्याइएको लत्ताकपडाबारे आफूलाई जानकारी नभएको बताएका थिए ।

यता सशस्त्र प्रहरी सुदूरपश्चिमका प्रमुख डीआईजी दीपक अधिकारीले मद्धती तथा सेवा निर्देशनालय गुल्म अत्तरियामा कार्यरत सई विष्टमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

‘आफ्ना इञ्चार्जलाई पनि जानकारी नदिएर सई विष्ट भारत गएका रहेछन्,’ डीआईजी अधिकारीले भने, ‘मैले उनलाई बोलाएर सोधपुछ गरिसकेको छु । बडाभोजकै लागि सामान भए पनि भारतबाट खरिद गर्नुपर्ने थिएन । उनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।’ शिलापत्र

ताजा समाचार

सम्बन्धित समाचार