ने बि संघ कंचनपुरद्धारा बिपिन रिहाईको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समुहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुगेको छ ।

जोशी सम्पर्कविहीन बनेको एक वर्ष पुग्दा समेत उहाँको अवस्था बारे अझै पत्ता लाग्न सकेको छैन । विपिन जोशी बेपत्ता भएको एक वर्ष पुग्दा समेत अवस्था अज्ञात रहेकाले जोशीको खोजीकार्य छिटो गरिदिन नेपाल विद्यार्थी संघ कञ्चनपुरले आईतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

“विपिन संग एक वर्षदेखी सम्र्पक नहुँदा उहाँको परिवार पीडामा छ ।” नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष नरेश पण्डितले प्रजिअलाई ज्ञापन पत्र बुझाउँदै भने–“विपिनको अवस्था बारे सरकारले छिटोभन्दा छिटो पत्ता लगाइदिन अनुरोध छ ।” जोशीको परिवार विपिन आउने आशामा बसेकाले जोशीको यथाशिघ्र खोजीकार्य गरिदिन प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको अध्यक्ष पण्डितले बताए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले ज्ञापनपत्र यथाशिघ्र प्रधानमन्त्री कार्यालय पठाउने जानकारी दिए । सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायअन्तर्गत स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमासको बन्धनमा परेका थिए ।

जोशी गत वर्ष भदौ अन्तिम साता सहपाठीहरूसँगै इजरायल पुगेका हुन । उनीहरू रहेकै इजरायलको दक्षिणी क्षेत्रमा हमासले असोज २० मा अप्रत्याशित हमला गरेको थियो । उक्त हमलामा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । विपिनलाई भने हमासले बन्धक बनाएर लगेको थियो ।

हमासले उनको अवस्थाबारे केही खुलाएको छैन । बिपिन जोशीका दाई किशोर जोशी, नेपाली काङ्ग्रेस जिल्ला उप सभापति तथा बेलडाँडी गापा अध्यक्ष हरिशचन्द्र राना, केन्द्रिय सदस्य इन्द्र साउद लगाएत नेपाल विद्यार्थी संघ कंचनपुरका पदाधिकारी तथा सदस्यको उपस्थिती रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार