सिमानाकामा नेपालीलहले दुख पाएको गुनासो सुनेपछी अनुगमनमा पुगे एसपी जोशी

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशी सुरक्षाकर्मीको लदबल सहित पश्चिमी सिमानाका गडचौकी पुगेका छन् ।

दशै,तिहार नजिकियसंगै सिमानाकामा नेपालीहरु लुटिने लगाएतका विभिन्न खाले जनगुनासो बढ्न थालेपछि एसपी जोशी शनिबार बिहानै सुरक्षा फौज लगाएतको दलबल सहित सक्रिय रुपमा गड्डाचौकी पुगेका हुन ।

चाडपर्वको समयमा रोजगारीका लागि छिमेकी देश भारतका विभिन्न शहरहरुमा गएका नेपालीहरु सिमानाका हुदै घर फर्कीने भएकाले नेपालीहरुलाई यो– या त्यो बाहानामा असहज हुन नदीन,सिट क्षामता भन्दा बढि यात्रु ओसार पसार गर्ने अटो व्यावसायी हरुलाई सचेत गराउन, र बसपार्कमा यात्रुमाथी हुने विभिन्न खालका क्रियाकलापमा निगरानी राख्न जिल्ला प्रहरी कार्यालय लगाएत सम्बन्धीत निकायले नियमित अनुगमन बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताए ।

प्रमुख जोशीले अनुगमनकै क्रममा भारतीय सिमा सुरक्षाबल एसएसबीका पदाधिकारी प्रहरी नायव निरिक्षक सुनील कुमारसंग भारतबाट नेपाल फर्केने नेपालीहरुलाई भारतीय अटो चालक लगाएतका सवारी चालक, तथा धनीहरुले सवारी भाडाको नाममा लुटपाट गर्ने गुनासो बढेको हुदा सो सम्बन्धमा ध्यान आकर्षण समेत गराएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार