महेन्द्नगर । कञ्चनपुरको भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले कैलाली धनगढी र गोदाबरीको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको स्थलगत अनुगमन गरेकी छिन ।
सोमबार उपप्रमुख लेखक सहितका जनप्रतिनिधी कर्मचारीद्वारा धनगढी उप महानगरपालिका र गोदाबरी नगरपालिकाको फोहोरमैला व्यवस्था केन्द्रको अवलोकन हुन ।
उप प्रमुख लेखकको सचिवालयका अनुसार उपमेयर लेखक सहित वन वातावरण फोहोरमैला तथा विपद व्यवस्थापन केन्द्रका सयोजक प्रकास थापा, सदस्य गणेश आग्री, वातावरण अधिकृत सविन रावल, विपद् व्यवस्थापन शाखा प्रमुख मनोज भट्ट सहितले गोदाबरी र धनगढी पालिकाले गरेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको स्थलगत अनुगमन गरेका छन । दुवै एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको स्थलगत अनुगमन गर्दै उपप्रमुख लेखले भीमदत्त नगरपालिकामा पनि शिघ्र केन्द्र निर्माण गरिने बताईन।
