सरकारी सवारीको दुरुपयोग रोक्न कञ्चनपुर प्रशासनको यस्तो नियम

Published by:

Published on:

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यक सेवा बाहेकका सरकारी नम्बर प्लेट, आयोजना र संस्थानको नम्बर प्लेटका सवारी साधन अनुमतिविना संचालन गर्ने नपाईने भन्दै एक सुचना सार्बजनीक गरेको छ ।

जिल्ला स्थित सरकारी कार्यालय ,स्थानीय तह ,सार्वजनिक संस्थान,सरकारी स्वामित्वको वित्तिय निकायहरु,र आयोजना परियोजनाका (सेतो,निलो,र पहेलो,प्लेटमा सवारी साधन प्रशासनको सहमति,÷अनुमति,पास बगेर संञ्चालन गर्न नपाईने भन्दै सुचना सार्वजनीक गरेको हो ।

दशै,तिहार र छठ पर्वको समयमा सार्वजनिक विदा र शनिबाको दिन सहित प्रशासनको पुर्व सहमती÷अनुमति,पास बेगर सवारी साधन संचालन गर्ने नपाउने भन्दै यस्तो सुचना सार्बजनीक गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले बताए ।

सापकोटाका अनुसार विभिन्न बाहाना बनाई पछिल्लो समय सरकारी सवारी साधनको दुरुपयोगका घटना बढ्न थालेपछी सरकारी सम्पतीको दुरुपयोग हुन नदिन र राज्यका कुन सवारी साधन कहाँ चलीरहेका छन् त भन्ने यकिन तथ्य थाहापाउन सुचना सार्बजनिक गरेको उनको भनाई रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार