निलम्बित इन्सपेक्टर प्रहरी निगरानीमा, जवान पक्राउ

Published by:

Published on:

काठमाडौं । नेपाल प्रहरीकी निलम्बित इन्सपेक्टर बिनुकुमारी शाहीलाई प्रहरीले पक्राउ गर्नुपर्ने भन्दै निगरानीमा राखेको जनाइएको छ। शाहीलाई छानबिनपछि ललितपुर प्रहरीले निगरानीमा राखेको जनाएको हो।

भैंसेपाटी प्रहरी प्रभाग इन्चार्ज रहेकी उनले व्यापारीलाई थुनामा राखी ३० लाख रुपैयाँ असुलिएको घटना सार्वजनिक भएको थियो। त्यसपछि उनलाई जिम्मेवारीमुक्त गर्दै निलम्बन गरेर छानबिन थालिएको थियो। त्यसपछि उनीमाथि मुद्दा चलाउने रायसहितको छानबिन समितिले प्रतिवेदन हेडक्वाटर बुझाएको छ।

यसैक्रममा आजमात्रै इन्सपेक्टर शाहीको निर्देशनमा पैसा असुलीमा संलग्न एक प्रहरीकै जवान पक्राउ परेका छन्।उनी यस अगाडि सोही घटनामा पक्राउ परेका व्यापारीको खातामा पैसा डिपोजिट गर्न जाँदा सँगै गएका थिए।

साथै आरोपीहरूसँग शंकास्पद सम्बन्ध देखिएका एसपी कमल थापामाथि थप छानबिनको सिफारिस भएको छ।प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन अघि बढाएको छ।

स्रोतका अनुसार एसएसपी दिपेन्द्र जिसीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छानबिन थालिएको हो।हेडक्वार्टरका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले पनि समिति गठन भएर अनुसन्धान थालिएको जनाएका छन्। अनुसन्धानपछि थप कारबाही अगाडि बढाइने उनको भनाई छ।

सुनसरीका ताज इस्लामको समूहले एक युवती प्रयोग गरी भैसेपाटीमा जग्गा व्यापारीलाई हनि ट्रयापमा फसाएको थियो।पछि प्रहरीसँग मिलेर बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखेर पैसा असुलिएको हो।

असोज ६ गते इटहरीका ताज स्लाम र दर्शन पोखरेलको योजनामा सुस्मा विकले एक व्यवसायीलाई ३० लाख नदिए बलात्कार मुद्दामा फसाउने भन्दै प्रहरी नै प्रयोग गरी रकम असुल गरेका थिए। घटना लगत्तै बनेको समितिले मंगलबार प्रतिवेदन बुझाएको हो।

र, यो पनिस् निलम्बित इन्सपेक्टरलाई मुद्दा चलाउनुपर्ने रायको प्रतिवेदन नक्साल पुग्यो, अर्को छानबिन समिति गठन

ताजा समाचार

सम्बन्धित समाचार