सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री पक्राउ, एसपी बोगटी खटिएका थिए

Published by:

Published on:

काठमाडौं । तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई अनुरोध गरेको थियो। त्यसपछि सिआइबीबाट प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको गएको टोलीले उनलाई पक्राउ गरेको हो।

पार्टी कार्यालय वनस्थलीमा पक्राउ गर्न पुगेको प्रहरीसँग मिडियासँग छोटो प्रतिक्रिया दिने अनुमति पाएका लामिछानेले संक्षिप्त सम्बोधन गरेर प्रहरीसमक्ष आन्मसर्पण गरे।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो।

समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो। उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो।

ओखलढुंगाका गितेन्द्रबाबु ९जीबी० राईले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन गरिएको प्रतिवेदनमा खुलाइएको छ।

सहकारीमार्फत सिधै लामिछानेले रकम अपचलन नगरे पनि जीबीले नै नेतृत्व गरेको गोर्खा मिडिया नेटवर्कमा उनी र पूर्वडीआईजी छविलाल जोशीको समेत संलग्नता देखिएपछि समितिले उनीहरू दुवैजनालाई कारबाही सिफारिस गरेको थियो। जोशीलाई प्रहरीले गएको असोज ६ गते नै पक्राउ गरिसकेको छ। जोशी कास्की प्रहरीको थुनामा छन्।

संयोगवश लामिछानेलाई पहिलोपटक पक्राउ गर्न पनि बोगटी नै खटिएका थिए। लामिछाने पहिलोपटक २०७६ साउनमा पक्राउ परेका थिए। त्यतिबेला पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा उनी पक्राउ परेका थिए।

त्यो बेला बोगटी काठमाडौं प्रहरी परिसरमा डीएसपीका रूपमा कार्यरत थिए। बोगटीकै टोलीले त्यतिबेला लामिछानेलाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाएको थियो।

अर्को संयोग, त्यतिबेला पक्राउ परेका लामिछानेलाई राति नै गाडीमार्फत चितवन लगिएको थियो। शालिकरामले चितवनको एक होटेलमा आत्महत्या गरेका थिए।यसपटक बोगटी सीआईबीको एसपीको रूपमा कार्यरत हुँदा लामिछानेलाई दोस्रोपटक पक्राउ गर्न वनस्थली पुगेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार