गृहमन्त्री लेखक भन्छन्– अपराध गरे देशको कानुन अनुसार अनुसन्धान हुन्छ

Published by:

Published on:

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो ।

गृहमन्त्री लेखकले अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमणको प्रयास नगर्न सचेत गराएका छन् । आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठीक हो भन्न ढंगले कसैले पनि अघि बढ्न नहुने गृहमन्त्री लेखकले स्पष्ट पारेका छन् ।

वबलवथयतष् अबmउगक
आइतबार काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक ’भ्वाइलेन्स रेकर्ड सिस्टम’को सुरुआत गर्दै गृहमन्त्री लेखकले गल्ती गर्नेहरूलाई सम्झाइबुझाइ काम गर्न निर्देश गरेका थिए ।

‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ । अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्ने, त्यसपछि झगडा गर्न आउने काम पनि गर्नुहुन्न । अन्याय गरेको छ, अपराध गरेको छ भने देशको कानुनले, पद्धतिले, प्रक्रियाले त्यसको अनुसन्धान हुन्छ, छानबिन हुन्छ । हेर्नुपर्ने निकायहरूले हेर्दछन्,’ लेखकले भने, ’आफू गल्ती गर्ने अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने अथवा मैले भनेको कुरा ठीक हो भन्ने ढगले जानुहुन्न । ट्राफिकमा पनि म त्यो देख्छु, कहीँ प्रहरीको कमजोरी हुन्छन् । त्यस्तो गर्ने मानिसलाई पनि सम्झाइबुझाइ गरेर प्रहरीले ठीक ढंगले सेवा दिनुपर्छ ।’

ट्राफिक प्रहरीले ट्राफिक नियमबारे सचेतना फैलाउन जरुरी रहेको गृहमन्त्री लेखकको भनाइ छ । विद्यालय र समुदायसँग जोडिएर ट्राफिक नियमका बारेमा सचेतना अभियान चलाउनुपर्ने उनको सुझाव छ । सरकारले सुशासनका काम प्रभावकारी बनाउन प्रविधिमा जोड दिनुपर्ने पनि गृहमन्त्री लेखकले बताए ।

साभार इकान्तिपुर

ताजा समाचार

सम्बन्धित समाचार