बैतडीका मनोज भट्ट काठमाण्डौंबाट बेपत्ता

Published by:

Published on:

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका–६ का १६ वर्षीय मनोज भट्ट काठमाण्डौंको कलंकीबाट बेपत्ता भएका छन्। उनी कार्तिक ३ गते अपराह्न ४ बजे घरबाट निस्किएका थिए र त्यसपछि हराएका छन्। मनोज गहुँगोरा वर्णका र सेतो तथा रातो टिसर्ट लगाएका थिए।

उनका ठूलोबुवा जयराम भट्टले मनोजको खोजीका लागि काठमाण्डौं प्रहरीमा निवेदन दिएका छन्। मनोजको बारेमा जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा मोबाइल नम्बर ९८६१३७९९६० मा जानकारी दिन आग्रह गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार