तस्करीका मोवाईलका कबर सशस्त्र प्रहरीको पञ्जामा

Published by:

Published on:

महेन्द्रनगर । सशस्त्र प्रहरीले कञ्चनपुर भीमदत्त नगरपालिका क्षेत्रबाट लाखौँका मोवाईलका कबर बरामद गरेको छ । सशस्त्र प्रहरी बलले भीमदत्त नगरपालिका महेन्द्रनगर भाँसीबाट १५लाखका मोबाईल कबर बरामद गरेको हो ।

आइतबार सशस्त्र प्रहरीले भन्सार चोरीछली गैर कानुनी रुपमा नेपाल भित्र्राईरहेका तस्करीका मोबाईल कबर बरामद गरेको सशस्त्र प्रंहरी बल ३५नम्बर शैलेश्वरी गणले जनाएको छ । सशस्त्र प्रहरी उपरीक्षक एसपी खगेन्द्र बहादुर चन्दले चोरी तस्करीका मोबाईलका कबर बरामद गरेर थप कार्बाहीका लागि भन्सार चलान गरिएको बताए । सशस्त्र प्रहरीले चोरी तस्करी भन्सार राजस्व छली बिरुद्धमा निरन्तर एक्सन गर्दै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार