टिकटकका सह(संस्थापक बने चीनकै धनी व्यक्ति

Published by:

Published on:

टिकटकका सह(संस्थापक झाङ यिमिङ चीनका सबभन्दा धनी व्यक्ति बनेका छन्।

टिकटकको माउ कम्पनी बाइटडान्सका सह(संस्थापक ४१ वर्षीय झाङ यिमिङ मंगलबार सार्वजनिक ु२०२४ हुरून चाइना रिच लिस्टु को शीर्ष स्थानमा पुगेका हुन्।

अनुसन्धान, मिडिया र लगानी समूह हुरून इंकका अनुसार उनको सम्पत्ति ४९।३ अर्ब अमेरिकी डलर पुगेको छ। हुरून इंकले चीनका सबभन्दा धनी व्यक्तिहरूको सूची प्रकाशन गर्ने सिएनएनले जनाएको छ।

हुरूनका अनुसार बाइटडान्सको विश्वव्यापी आम्दानी गत वर्ष ३० प्रतिशतले बढेर ११० अर्ब अमेरिकी पुगेपछि झाङको उचाइ बढेको हो।

बाइटडान्समा झाङको २० प्रतिशत हिस्सा छ‍। उनले आफ्ना कलेजको साथी लियाङ रूबोसँग मिलेर सन् २०१२ मा यो कम्पनी स्थापना गरेका थिए।

सन् २०२१ मा बाइटडान्सलाई चिनियाँ प्रविधिको प्रमुख कम्पनीहरूमध्ये एक बनाइसकेपछि उनी सिइओ पदबाट हटेका थिए।

टिकटक सन् २०१७ मेमा आधिकारिक रूपमा सुरू भएको हो। यसले विश्वव्यापी लोकप्रियता हासिल गरिसकेको छ। टिकटककै कारण अन्य चिनियाँ कम्पनीहरूलाई अमेरिकी र विश्व बजारमा प्रवेश गर्न प्रेरणा मिलेको छ।

अहिले अमेरिकामा भने टिकटकले सुरक्षाको विषयमा कानुनी समस्या सामना गरिरहेको छ। हुरूनका अनुसार अमेरिकामा टिकटकका करिब २० करोड प्रयोगकर्ता छन्।

ताजा समाचार

सम्बन्धित समाचार