सशस्त्र प्रहरी बनाईदिन्छु भन्दै ५ लाख ठगी गर्ने युवक पक्राउ

Published by:

Published on:

महेन्द्रनगर । सशस्त्र प्रहरी बनाईदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पटक पटक पैसा ठगी गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६ बस्ने ३२ वर्षीय तुलाराम विकलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। विकले दार्चुलाका ईन्द्रसिंह धामीका छोरालाई सशस्त्र प्रहरी बनाईदिन्छु भनी विश्वास दिलाएर पटक पटक गरी ५ लाख ३५ हजार ७ सय रुपैयाँ ठगी गरी फरार रहेका थिए।

बुधवार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीको सहयोगमा अत्तरियाबाट विकलाई नियन्त्रणमा लिएको हो। विकलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा राखी ठगी सम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार