महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपपालिका वडा नम्बर ८ मा भएको टि–२० क्रिकेट प्रतियोगिताको उपाधी बेदकोट नगरपालिका १ चुम्न सफल भएको छ ।
यही कार्तिक ५ गते देखि १८ गते सम्म सञ्चालन भएको पाचौ जिल्ला स्तरिय बिपि(बिष्णु प्रशाद मिश्र स्मृति कप टि–२० प्रतियोगिताको पहिलो उपाधी बेदकोट १ चुम्न सफल भएको हो ।
चाडपर्वलाई मध्यनजर गर्दै प्रत्येक वर्ष वडा न ८ ले क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।सो कार्यलाई निरन्तरता दिदै यो बर्ष पनि वडाले क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । जसमा जिल्ला भरका १९ वटा टिमले सहभागिता जनाएका थिए।
शुक्रबार सेमिफाईनल खेल पछि आज शनिबार फाईनल खेल भएको थियो जसमध्य फाईनल खेलमा भीमदत्त नगरपालिका वडा नम्बर ४ र बेदकोट नगरपालिका १ बिच निकै कडा प्रतिशप्रधा भएको दर्शकहरुको भनाई रहेको छ ।
सुरुमा फिल्डीङको जिम्मा पाएको बेदकोट १ ले १५ ओभरमा २ सय २३ रनको लक्ष्य लिएको थियो भने भीमदत्त नगरपालिकाले १० विकेट गुमाउदै ९३ रनले हार वेहोर्नु परेको थियो।विपि बिष्णु प्रशाद मिश्र प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५५ हजार पाचँ सय ५५ रहेको थियो भने दृतिय पुरस्कार सतहत्तर हजार ७ सय ५५ रहेको थियो ।
खेलका म्यान अफ द सिरिज सुभम् बम,वेस्ट ब्याट्स मेन साजन विटालु,वेस्ट बलर ज्ञानु बोहरा,र फाईनल खेलको वेस्ट म्यान अफ द म्याच पनि ज्ञानु बोहरा नै चुम्न सफल भएका थिए ।