महेन्द्रनगर । आफु अध्ययनरत विद्यालयको बसको ठक्करले कञ्चनपुरमा एक बालक
विद्यार्थीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८ बर्षिया बालक अनमोल कुँवरको आफै अध्ययनरत विद्यालयको बसको ठक्करले मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा कृष्णपुर नगरपालिका २ बाणिबंकको डाईमण्ड ईङलिस बोडिङ्ग स्कुल ना ३ ख ८१४६ नम्बर बसको ठक्करबाट सोही विद्यालय कक्षा २ मा अध्ययनरत बालक कुँवरको मृत्यु भएको छ ।
सोमबार साँझ कुँवर सहितका विद्यार्थी ओसारेर बस अघि बढ्दा ठक्करले कुँवर घाईते भएका थिए । उनको भारतको ईभिए अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । कुँवर वाणीबंक स्थित मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका छन ।
आफन्तले चरम लार्पबाही मापदण्ड विपरित विद्यालय बस संचालन भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । मृतकका आफन्त एव स्थानीयले विद्यालय घेराउ गर्दै आन्दोलन गरिरहेका छन । विद्यालय प्रशासन जिम्मेबार नभएको भन्दै आक्र्रोसित स्थानीयले विद्यालय घेराउ गरेर आन्दोलन गरिरहेका छन । उक्त घटना बारे कञ्चनपुर प्रहरीले छानबिन भईरहेको जनाएको छ ।