मंसिर २८ गते हुने चुनावका लागि पत्रकार महासंघ कञ्चनपुरले गर्यो निर्वाचन समिति गठन

Published by:

Published on:

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुरले मंसिर २८ गते हुने चुनावका लागि निर्वाचन समिति बनाएको छ । पत्रकार महासंघको मंगलबार बसेको बैठकले अग्रज पत्रकार लक्ष्मीदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाउने निर्णय गरेको हो ।

समितिमा अधिवक्ता प्रकाश पाण्डेय र पत्रकार महासंघ सदस्य अधिवक्ता यज्ञराज जोशी सदस्य छन् । निर्वाचन समितिमा थप दुई जना पछि थप्ने निर्णय गरिएको छ ।

महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीको अध्यक्षतमा बैठक बसेको हो । बैठकमा महासंघ जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य र सल्लाहकार सहभागी भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार