रविलाई आज भैरहवा राखिने, भोलि बिहान कास्की पठाइने

Published by:

Published on:

बुटवल । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई आज ९बिहीबार० भैरहवा नै राखिने भएको छ । उनलाई भोलि ९शुक्रबार० बिहान कास्की पठाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका एसपी रञ्जित राठौरले आज जिल्ला प्रहरी कार्यालयमा नै राखिने र भोलि बिहान कास्की पठाउने बताए । प्रहरीले बुद्ध एयरमार्फत आज साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि भोलि पठाउने भएको हो ।

रविलाई कास्कीबाट मंगलबार भैरहवा ल्याएको थियो । बुटवलको सुप्रिम सहकारी रकम सङ्गठित रूपमा ठगी गरेको आरोप उनीसँग तीन दिन बयान लिइएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार