अधिकांश बैंकले घटाए ब्याजदर स् कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज?

Published by:

Published on:

काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि निक्षेप ब्याजदर घटाएका छन्। बैंकहरुले सामान्य बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ६ प्रतिशतको ब्याजदर तोकेका छन्। यसरी ब्याजदर घटाइएसँगै अधिकांश बैंकहरुमा कात्तिकको तुलनामा ब्याजदर घटेको छ।

नवीनतम सार्वजनिक ब्याजदरअनुसार, नेपाल बैंकले मुद्दती निक्षेपमा ५।९५ प्रतिशत र सामान्य बचतमा ३ प्रतिशत मात्रै ब्याज दिएको छ। नबिल बैंकको बचत खाताको ३ प्रतिशत र मुद्दती खाताको लागि अधिकतम ५।७५ प्रतिशत छ। बैंकको बेसरेट ७।०२ प्रतिशत छ।

कृषि विकास बैंकको साधारण बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ५।५३ प्रतिशत छ। लक्ष्मी सनराइज बैंकले बचत खातामा ३ प्रतिशत ब्याज दिँदा ५ वर्ष बढीको मुद्दती खतामा ५।७५ प्रतिशत दिएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सामान्य बचतमा ३ प्रतिशत र २ वर्षमाथिको बचतमा ६।५ प्रतिशत ब्याज दिने भएको छ।

यता सिद्धार्थ बैंकले सामान्य बचत खातामा ३ प्रतिशत, २ वर्षमाथिको मुद्दतीमा ६ प्रतिशत ब्याजदर तोकेको छ। एनएमबी बैंकले बचत खातामा ३ प्रतिशत र ५ वर्षमाथिको मुद्दतीमा ५।५७ प्रतिशत ब्याज दिनेछ। सानिमा बैंकको बचत खाताको ब्याजदर ३।०४ प्रतिशत छ भने ३ वर्षमाथिको मुद्दती खाताको ६।१५ प्रतिशत ब्याजदर छ।

प्राइम बैंकले बचत खातामा ३ प्रतिशत तोक्दा १ वर्षमाथिको मुद्दती निक्षेपमा ५।७५ प्रतिशत ब्याज दिने भएको छ। राष्ट्रिय वाणिज्य बैंकको सामान्य बचत खातामा ३ प्रतिशत ब्याज दिएको छ। बैंकले ३ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याज दिएको छ।

त्यसैगरी नेपाल एसबीआई बैंकको सरल बचत खातामा ३।०२ प्रतिशत छ भने ३ वर्ष माथिको मुद्दती खातामा ६ प्रतिशत ब्याज मिल्नेछ। एभरेस्ट बैंकले ३ महिनादेखि २ वर्षसम्म ४ प्रतिशत र ५ वर्ष बढीको मुद्दती खातामा ६ प्रतिशत ब्याज दिँदा हिमालयन बैंकले ३।०५ प्रतिशत बचत खाताको ब्याजदर तोकेको छ। बैंकले मुद्दतीमा ६।२५ प्रतिशत ब्याज दिनेछ।

ग्लोबल आईएमई बैंकमा सामान्य बचत गर्नेले ३ प्रतिशत पाउँदा २ वर्ष बढीको मुद्दती निक्षेप गर्नेले ५।७५ प्रतिशत ब्याज पाउनेछन्। कुमारी बैंकले २ वर्ष बढीको बचतमा ५।७१ प्रतिशत ब्याज दिएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले सामान्य बचत खातामा ३ प्रतिशत दिएको छ। बै‌ंकले ५ वर्ष बढीको बचत खातामा ६।२५ प्रतिशत ब्याज दिएको छ।

एनआईसी एसिया बैंकमा ५ वर्ष माथिको मुद्दती खातामा पैसा जम्मा गर्दा ६।७९ प्रतिशत ब्याज आम्दानी गर्न सकिनेछ। यता प्रभु बैंकको बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ५ प्रतिशत ब्याज तोकिएको छ।

त्यसैगरी माछापुच्छ्रे बैंकले मुद्दती खातामा ६ प्रतिशत ब्याज दिँदा सिटिजन बैंकको मुद्दती खातामा रकम जम्मा गर्नेले अधिकतम ५।६५ प्रतिशत ब्याज पाउने भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार