दुई वर्षमा २५ करोड शेयर पूँजी पुगाउने लक्ष्य सहित उदयदेब बहुउद्देश्यीय सहकारीको सकियो २६ औं वार्षिक साधारण सभा

Published by:

Published on:

महेन्द्रनगर । दुई वर्षमा २५ करोड शेयर पूँजी पुगाउने लक्ष्य सहित उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सकिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म २० करोड ५८ लाख पुगेको शेयर पूँजीलाई २५ करोड पुगाउने लक्ष्य साधारण सभाबाट पारित गरिएको हो । गत वर्ष सहकारीको शेयर पूँजी १८ करोड ८५ लाख थियो ।

सहकारीमा हाल २५ हजार ४० शेयर सदस्य छन् । सहकारीले हालसम्म १४ अर्ब ४४ करोड निक्षेप संकलन गरिएको साधारण सभाबाट पारित वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा गरिएको साधारण सभा उद्घाटन समारोहमा सहकारीका अध्यक्ष नारा जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८०÷०८१ मा सहकारीले २९ करोड ५४ लाख मुनाफा गरेकामा ७ करोड १७ लाख शुद्ध नाफा भएको उल्लेख गरिएको छ ।

सहकारीले गत आर्थिक वर्षमा सरकारलाई २ करोड १२ लाख कर तिरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारण सभा उद्घाटन गर्दै मेयर बोगटीले सहकारीले उदयदेब सहकारीले प्रशंसनीय कार्य गर्दै आएको उल्लेख गर्दै भीमदत्त नगरपालिकाले सहकारी संस्था सञ्चालनका लागि आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रमका विशिष्ठ अतिथि सहकारीका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दले सहकारी सञ्चालन सम्बन्धि ऐन कानुन पालना गरी सञ्चालन हुने संस्थामा समस्या नआउने बताए ।

‘यो सहकारी सिद्धान्त, मापदण्ड अनुसार चलेका छौ, कसैलाई धोका दिएका छैनौ’ उनले भने,‘नियम कानुन अनुसार बाहिर गएर कहिले कहिले पनि चलाउने छैनौ ।’

वरिष्ठ अधिवक्ता चन्दले समाजमा सहीलाई भन्दा गलतको पक्ष लिने प्रवृत्ति हावी हुन गएकोमा चिन्ता व्यक्त गरे ।

‘अहिले जसले राम्रो काम गरि रहेको छ, त्यसलाई छुच्चो रुपमा हेर्ने गरिएको छ, जसले बदमासी गर्छ, नराम्रो गर्छ, त्यसको वाहीवाही हुने भएको छ’ उनले भने,‘यो राम्रो होइन, यसले समाज अघि बढ्न सक्दैन ।’

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका प्रमुख सन्जु उपाध्यय रिमाल, उच्च अदालत बार एसोसिएसनका अध्यक्ष भुपेन्द्र विष्ट, प्याब्सन केन्द्रीय सल्लाहकार डा। हिरा चन्द, मेनेजर्स क्लबका अध्यक्ष एबम् मेगा बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत सुनिल सेटी, सृजनशिल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत मदनराज भट्ट, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भवानी चन्द, नेफस्कुनका महेन्द्रनगर शाखा प्रमुख यम बहादुर डाँगी लगायतले शुभ कामना मन्तव्य राखे ।

सहकारीका अध्यक्ष नारा जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा उपाध्यक्ष निरञ्जन प्रसाद भट्टले स्वागत मन्तव्य राखे ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा उद्यमी सदस्य, ज्येष्ठ नागरिक र पत्रकारलाई नगद सहित सम्मान गरिएको छ ।

उद्यमी सदस्यमा ध्रवराज भट्ट, विपिन श्रेष्ठ, मन्जु कुमारी भट्ट, महेश डगौरा, विश्व लोहार, कमलादेबी शर्मा, विशाल सोनार, आशा थापा र राकेश महता छन् ।

यसैगरी ज्येष्ठ नागरिकमा कालु सिह विष्ट, धन सिह बडाल, बिरराम पहरी, लक्ष्मीदेबी पाण्डेय, जन्तरादेबी भट्ट, जशु पाण्डेय, भागरथी पाण्डेय, लक्ष्मीदेबी सिह, मनसरा कुँबर, पार्वतीदेबी धामी, कलावति भट्ट, मिनादेबी वस्नेत, सावित्री देबी रावल, लक्ष्मी पाण्डेय र चन्द्रापति डगौरा छन् ।

उनीहरु सबैलाई दोसल्ला ओढाएर नगद र सम्मान पत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रमका विशिष्ठ अतिथि वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्द, सहकारी अध्यक्ष नारा जोशीले दोसल्ला ओढाएर नगद र सम्मान पत्र प्रदान गरे ।

सहकारीले विगतदेखि उद्यमी र ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा विकल्प दैनिकका सम्पादक रनि विवशलाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

सहकारीले साधारण सभाबाट आगामी वर्षदेखि कर्जाको क्षेत्र विस्तार गर्ने नीति ल्याएको छ । सहकारीले हाल व्यापार, कृषि, हायरपर्चेज, लघु उद्यम, पशुपन्छी, साधारण, मौसमी लगायतको कर्जा दिँदै आएको छ ।

सहकारीले हालसम्म १२ खर्ब १३ करोड ५२ लाख ऋण लगानी गरेको छ । महेन्द्रनगरमा केन्द्रीय कार्यालय भएको सहकारीले बैतडी, कैलाली र डडेल्धुरामा सेवा केन्द्र सञ्चालन गरी कारोबार गर्दै आएको छ ।

कञ्चनपुरमा महेन्द्रनगर केन्द्रीय कार्यालय सहित दोधारा चाँदनी, बेलौरी, झलारी, कृष्णपुर र दैजीमा सेवा केन्द्र छन् । यसैगरी बैतडी, डडेल्धुरा, धनगढी र अत्तरियामा सेवा केन्द्र सञ्चालन गरिएका छन् । सहकारीमा प्रमुख कार्यकारी अधिकृत सहित ६६ जना कर्मचारी कार्यरत छन् ।

सहकारीले दुई वर्षदेखि उद्यमशिलताको विकास गर्ने लक्ष्य राखेर एकीकृत दिगो विकास ९किसान २० परियोजना सञ्चालन गर्दै आएको छ । यस अन्र्तगत कृषि प्रवद्र्धन केन्द्र स्थापना गरी कार्यक्रम सञ्चालन गरिएका छन् ।

सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कञ्चनपुरको साझेदारीमा कष्टम हेयरिङ्ग सेन्टर सञ्चालन गरिएको छ । यसैगरी बीउ प्रशोधन केन्द्र र बागफाँटामा राइस मिल सञ्चालन गरिएको छ ।

साधारण सभाबाट संस्थाको नीति, सदस्यता विस्तार नीति, सामाजिक विकासका लागि खुद नाफाको ५ प्रतिशत रकम सामुदायिक विकास कोषमा राख्ने लगायतका नीति तथा कार्यक्रम पारित गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार