कञ्चनपुरमा कर सप्ताह शुभारम्भ, एक हप्ता चल्ने, जिल्लामा स्थाई लेखा नम्बर लिनेको संख्या ३१ हजार व्यवसायी, ४६ हजार व्यक्तिगत

Published by:

Published on:

विकास सिह महता महेन्द्रनगर । कञ्चनपुर जिल्लामा भब्यताका साथ कर दिवसको अवसरमा कर सप्ताह शुभारम्भ तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ मनाएको छ।

सनिवार एक कार्यक्रमको आयोजना गर्दै आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले ” कर प्रणालिको सार, लगानीको आधार” भन्ने मुल नाराका साथ १३ औं राष्ट्रिय कर दिवस २०८१ महेन्द्रनगरमा प्रभात फेरि र्याली निकालेर कार्यक्रम शुभारम्भ भएको छ।

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर का प्रमुख डम्मरी प्रसाद पराजुली सभापतित्वमा , शुभारम्भ कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेल,भन्सार कार्यालय कञ्चनपुरका प्रमुख राजन बाबू काफ्ले लगायत उद्योगि, व्यापारी व्यवसाय, संघसंस्थाका प्रमुख प्रतिनिधि लगायतको उपस्थितिमा कर सप्ताहको उद्धघाटन भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी प्रशुराम पोखरेलले कर दिवस कर केका लागि ,उद्देश्य र क्षेत्र के भन्ने बारेका बारेमा जान्नु पर्ने बताउनु भयो। साथै निजि क्षेत्र नै करको मुख्य पिल्लर रहेको उनले बताए। राज्यलाई आर्थिक स्तर उन्नतिमा निजि लगानीले तिर्ने गरेको बताए। करको दायरा फराकिलो बनाउन आवश्यक रहेको छ। जसमा कर प्रत्यक्ष रुपमा तिर्ने गर्नु पर्छ, दायरा र क्षेत्र बिस्तार हुँदै जाओस् भन्दै शुभकामना दिनु भयो। जसमा कर तिर्नको लागि सेवा प्रवाहमा विशेष जोड दिनु पर्ने बताए।

दुर्गा दत्त बोहरा उनले कर शब्द लाई परिमार्जित गरि राजस्व संकलन भन्दा राम्रो हुने, जुन कर भन्दा जबर्जस्त जस्तो हुने बताए। व्यापारीले कर कार्यालयका कर्मचारी देख्दा तर्सित हुने प्रविधि हटाउन्नु पर्ने र राजस्व संकलनमा विशेष जोड दिनु पर्ने बताए। राष्ट्र सेवक कर्मचारीले जनताको सेवाको लागि हो, उनलाई तर्साउनको लागि होइन, १०(१० मिटरको चेकजाँच हुने प्रविधि हट्नु पर्ने यसको समाधान हुनुपर्नेमा विशेष जोड दिनुभयो।

प्रमुख कर अधिकृत डम्मरी प्रसाद पराजुली कर प्रणालीमा ल्याएको सुधार अनलाइन आएको हुँदा सहज भएको बताए। कर दातालाई कर शिक्षा दिनु पर्ने विशेष आवश्यक रहेको छ। कर दातालाई कार्यालय समयमा महिनाको दुई दिन कर शिक्षा दिइने गरेको बताए। कर अधिकृत बिजय भुसाल कर्मचारीले गर्नु भएको थियो। ३१ हजार व्यवसायी स्थाई लेखा नम्बर लिनेको संख्या ४६ हजार व्यक्तिगत स्थाई लेखा नम्बर लिनेको संख्या पुगेको छ।

ताजा समाचार

सम्बन्धित समाचार