महेन्द्रनगर । सृजनशील बचत तथा श्रmण सहकारी संस्था लिमिटेडले नवनिर्मित भवनको शिलान्यास गर्दै १७ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कञ्चनपुरको शुक्फाटा नगरपालिका झलारीमा केन्द्रिय कार्यालय रहेको सहकारीले सनिबार संस्थाको नवनिर्मित भवनको शिलान्यास गर्दै १७ औ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सृजनशील बचत तथा ऋण सहकारीका प्रबन्ध निर्देशक मदनराज भट्टले स्वागत मन्तव्य समेत राख्दै यस अघि इकाई शाखाहरुका साधारण सभा सम्पन्न गरेर केन्द्रीय कार्यालयको गरिएको बताए । उनले डेढ दशक अघि सुदूरपश्चिम प्रदेश कञ्चनपुर–कैलालीका ग्रामिण भेगमा रहेका विपन्न नागरिकको जिवन स्तर उस्काउने उदेश्यका साथ २५जनाबाट शुरुवात भएको सहकारीमा हाल झण्डै २ हजार बढि शेयर सदस्य रहेको बताए ।
कृषि, उद्यमशिलता, स्वास्थ्य क्षेत्रमा सहकारीले लगानी कामकाज गर्दै सहकारीका सदस्य एव ग्रामिण भेगका विपन्न नागरिकको आर्थिक जिवन स्तर बृद्धिका लागि भूमिका निर्वाह गर्दै आएको बताए । ‘हामीले यस विचमा विभिन्न सिपमुलक तालिम संचालन गरेर शेयर सदस्यहरुलाई दक्ष बनाउने काम गरेका छौँ, ‘उनले भने, ‘मानिससंग सीप भएपछि उसले आफ्नो जिवनस्तर सुधारका लागि थुप्रै काम गर्नसक्छ ।’ गत बर्ष मात्रै ५२ जनालाई पुर्ण स्वरोजगार बनाउने काम गरेको बताउँदै उनले ग्रामिण जनतालाई वित्तिय पहुँचमा पु¥याउने काम गरेको बताए ।
उनले ग्रामिण भेगका सहकारी सुरक्षित रहेको बताउँदै ढुक्क भएर बचतदेखिका वित्तिय कारोबार गर्न आग्रह गरेका छन । ‘हामी ग्रामिण भेगमा रहेका सहकारीमा जनताको निक्षेप सुरक्षित छ, ‘ठुल ठुला शहर बजार क्षेत्रमा केही सहकारीले मात्रै बदमासी गरेका हुन ।’ उनले पालिकाले सहकारी नियमन गर्नुपर्नेमा जोडदिएका छन।
कार्यक्रममा सहकारीका सचिव खगेन्द्र प्रशाद पाण्डेयले प्रगति तथा प्रस्तावित नीति कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सचिव पाण्डेयले आर्थिक बर्ष ०८०÷०८१को प्रगति र चालु आर्थिक बर्ष ०८१÷०८२का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गत आर्थिक बर्षमा बैठक, सदस्य राहत सुविधा, लघु सुरक्षा, बिमा सुविधा, वित्तिय साक्षरता, प्रविधि पूर्वाधारमा विकास विद्युतीय कारोबार, नीति तथा कार्यक्रम अद्यावधिक, कर, उद्यमशिलता कार्यक्रम शुक्लाफाँटा आँखा उपचार केन्द्रको स्थापना गरेको पाईन्छ । सहकारीले पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरेर ७ हजार, १८२सर्वसाधारणको उपचार गरेको छ । जसमध्ये ६सय ४१को निःशुल्क सल्यकृया गरेको जनाएको छ ।
सहकारीले आगामी बर्षमा प्रविधिमैत्री कारोबारलाई निरन्तरता दिदै, नविकरणीय उर्जा क्षेत्रमा लगानी, कृषि कार्यत्र,म, सहकारी शिक्षा, वित्तिय साक्षरता, उद्यमशिलता सम्बन्धी कार्यक्रम, समाजिक उत्तरदायित्वका कार्यक्रम, संस्थागत क्षमता अभिबृद्धि, संस्थाको पुँजी बृद्धि, आँखा उपचार भवन निर्माणको योजना अघि सारेको छ ।
यसै बर्ष १ करोड बराबरको शेयर पुँजी पु¥याउने लक्ष्य सहित उत्कृष्ट सहकारीको पहिचान बनाउँदै सम्बृद्ध सदस्य निर्माण गर्ने, सेवा क्षेत्र विस्तार गर्ने, नयाँ प्रविधीको खोजी, आर्थिक रुपमा विपन्न समुदायको विचमा सहभागिको सेवा प्रवाह, समाजिक व्यवसायमा समेत लगानी गर्ने लक्ष्य अघि सारेको छ ।लेखा समिति संयोजक राजेन्द्र प्रशाद पाण्डेयले प्रंस्तुत गरेको लेखा सुपरिवेक्षण प्रतिवेदनमा १करोड ७२लाख, ५१ हजार खुद नाफा आर्जन गरेको छ ।
कोषाध्यक्ष मोनिका कुमारी भण्डारीको प्रतिवेदनमा गत आर्थिक बर्ष ०८०÷०८१मा १२ करोड, ९६लाख, ३ हजार, ९४२ र चालु आर्थिक बर्ष ०८१÷०८२मा १४ करोड, २५ लाख, २२ हजार २सय रुपैया बराबर बजेट प्रस्तुत गरेकी छिन । शिक्षा संयोजक चेतराम भट्टको सहकारीमा वित्तिय साक्षरता महत्व प्रतिवेदनमा वित्तिय योजना बनाउने क्षमता, ऋणको सही प्रयोग, व्यवस्थापन, बचत लगानीको ज्ञापन, जोखिम व्यवस्थापन, वित्तियप्रविधी, संस्थागत पुजि निर्माण र विस्तारमा जोडदिएका छन ।
कार्यक्रममा सरोकारवाला एव अतिथिहरुले शुभकामना मन्तव्य दिर्दै जिल्लाको मध्य भूगोलमा केन्द्री कार्यालय रहेको, जिल्लाभरी एव जिल्ला बाहिर समेत सेवा विस्तार गरिरहेको सहकारीले नामजस्तै काम गरेको बताएका छन।
मेगा बचत तथा ऋण सहकारीका प्रबन्ध निर्देशक शुनिल सेटीले सहकारीको विषयमा जनप्रतिनिधी सहितको सहकारीको महत्व बारे छलफलमा जोडदिए ।उनले जसले सहकारीको ऋण लिएका हुन्छन, तिदैनन, उनै मान्छे अरुमाथि सहकारी ठग भन्ने प्रवृतिले सहकारीको लगानी जोखिमा पर्दै गएको विषय सज्ञा गरेका छन । उदयदेश बहुउदेश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक गणेश चन्दले सहकारीबाट ऋण लग्ने अनि नक्कली डिर्भोष गरेर नतिर्ने प्रवृतिले सबै सहकारी बदनाम भएको बताए ।
कृष्णपुरका मेयर हेमराज ओझाले सहकारीले आफ्नो नीति, दायरा विधी अनुरुप कामकाज गरेर अघि बढ्नुपर्ने बताए । ‘सहकारीलाई राज्यले प्रदान गरेका हक अधिकारीको सदुपयोग गर्दै सही ईमान्दारितापुर्वक कामकाज गर्दै ग्रामिण भेगका जनताको पुँजी संकलन गरेर सदुपयोग गर्नुपर्छ, ‘मेयर ओझाले भने, ‘सहकारीबाट नागरिक पीडित नभई राहत पाउनेहुनुपर्छ, त्यस्ता सहकारीको पनि औचित्य हुन्छ ।’
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले सहकारी मार्फत अर्थतन्त्र बलियो बनाउनुपर्नेमा जोडडदिए । उनले सहकारीले आँखा उपचार केन्द्र शुरुवात गरेसंगै प्रदेश सरकारले समेत पुण्य कामका लागि आवश्यक सहयोग गर्ने बचन दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुर्व परराष्ट्रमन्त्री एव काँग्रेस नेता एनपी साउदले सहकारीले गर्दै आएको कामकाजमा आफ्नो समेत साथ सर्मथन हुने बताए ।
पुर्वमन्त्री साउदले सहकारीले आफ्नै निर्वाचन क्षेत्र झलारीमा संचालन गरेको आँखा उपचार केन्द्रका लागि आवश्यक सहयोग गर्ने बताए । उक्त सहकारीको झलारी आफ्नै भवनमा भवन निर्माणको शिलान्यास समेत गर्दै पूर्वमन्त्री साउदले भवन निर्माणसंगै थप स्तरिय सेवा प्रवाहको कामना गरेका छन । कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका सहकारीका अध्यक्ष शिवराज भट्टले सहकारीको आगामी दिनमा थप क्षेत्र विस्तारदेखिका सेवा सुविधा बृद्धि गर्ने प्रण गरेका छन । सहकारीको कैलाली, धनगढी, डडेल्धुरा सहित कञ्चनपुरको झलारी, वाणी, दैजी, बेलौरी, बेलडाँडी, पुनर्वास, महेन्द्रनगर, कलकत्ता, दाधोरचाँदनी लालझाडीमा शाखा रहेका छन ।
यसैविच सहकारीका ११ वटा शाखा कार्यालय बाट शेयर सदस्य गरिवब जेहेन्दार विद्यार्थीहरुलाई २५ हजार बराबरको शैक्षिक सामग्री वितरण समेत गरेको छ । बेलौरी मनिषा पन्त , दैजी अन्तरा सुनार ,दोधारा चादनी कोमल सुनार,चानदेव अविशेषक राना,पुनर्वास बाट रिता चौधरी, महेन्द्रनगर गणेश दत्र् जोशी , बेलडाँडी दिलमाया बिक , कलकत्ता धनगढी आशिक राना,शैक्षिक सामग्री वितरण गरिएको छ । उक्त कार्यमा सहकारीका अध्यक्ष भट्टले आफ्नो बैठक भत्ता बाफत पाउने रकम समेत शैक्षिक समाग्री खरिदका लागि दिनेष्रेका छन ।