महेन्द्रनगर । प्राज्ञिक क्षेत्र सुदूरपश्चिम विश्वविद्यालयका सवारी साधनको चरम दोहन भईरहेको पाईन्छ । सुपविका सवारी साधन यतिसम्मकी राती फर्निचर पसलमा राती भेटिएका छन । सरकारी जमिन अतिक्रमण बिरुद्धमा आन्दोलनमा होमिएका युवा विद्यार्थीले महेन्द्रनगर गल्ली नम्बर १ फर्निचर पसलबाट सुपविको जिप नियन्त्रणमा लिएको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका नेता हेमन्त अवस्थीले बा ९ च ५१६७ नम्बरको जिप नियन्त्रणमा लिएको बताए । उनका अुनसार भाषा साहित्यको निर्देशन हरिशचन्द्र भट्ट चढ्ने उक्त सवारी साधन यसरी दुरुपयोग भएपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए । ‘एक जना घरसायी खाट सहितका घरसायी समान जिपमा लोड गर्दा सोधपुछ गर्ने क्रममा कैफियत भेटिएपछि हामीले चाबी नियन्त्रणमा लिएका हौँ, ‘उनले भने, ‘प्राज्ञिक क्षेत्रमा अरुलाई शिक्षा र नैतिकता सिकाउनेहरु नै यसरी सरकारी साधन दुरुपयोगमा उत्रिएका छन ।’ नेकपा बहुमत कञ्चनपुरका युवा दिपेन्द्र सिह ऐरीले सुपविका सवारी साधन यसरी निजी काममा चरम दुरुपयोगले केही व्यक्ति समुहले विश्वविद्यालय दोहन गरेको भन्दै त्यस बिरुद्धमा आन्दोलनको चेतावनी दिए ।
केही बर्ष अघि अखिल क्रान्तिकारीले सुपविका सवारी साधन भारतीय बजार बनबासादेखि मदिराभट्टीमा प्रयोग हुने भन्दै आन्दोलन गरेर हरेक ठुला सवारी साधनमा सुपविको गोलो लगाउन बाध्य गरेका थिए । अझैपनि सुपविका साधन दोहन कार्य बिरुद्धमा अर्को आन्दोलनको चेतावनी दिईएको छ । दैनिक प्राज्ञिक कामकाजका लागि दिएको साधन यसरी दुरुपयोग गरेपछि चौतर्फि बिरोध भईरहेकोछ ।