काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
देशभरका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० सहित सुरक्षा समितिका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लेखकले निर्वाचनको सुरक्षालाई सामान्य रुपमा नलिन समेत आग्रह गरे ।
‘३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुदैछ,’ गृहमन्त्री लेखकले भने, ‘शान्ति सुरक्षा नभएर पुनः मतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला।’
निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेना समेत परिचालन गर्नसक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उनले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिने अवस्था सिर्जना नहुने आग्रह गरे ।
‘लोकतन्त्रको आधारस्तम्भ भनेकै निर्वाचन हो,’ गृहमन्त्री लेखकले भने, ‘त्यसकारण भयरहित वातावरणमा निर्वाचन गराउन खटिनुहोस्।’
पछिल्लो समय मुलुकमा लागुऔषधको अवैध कारोबार र दुव्र्यसन बढ्नुका साथै ठूलो चुनौतीका रुपमा देखा परेको उनको भनाइ थियो । ‘लागुऔषध नियन्त्रणमा कारबाहीसँगै सचेतनामा समेत जिल्लामा जोड दिन निर्देश गर्छु,’ उनले भने, ‘भ्रष्टाचार र अवाञ्छनीय स्वीकार्य छैन ।’
त्यसैगरी सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेकोप्रति चिन्ता व्यक्त गर्दै सो नियन्त्रणका लागि प्रहरीको साइबर ब्युराले कारबाही अघि बढाइरहेको पनि बताए ।
‘जिल्लामा पनि हेडस्पिच दिने, अरुको मनमार्दन गरेर सामाजिक सञ्चाल प्रयोग गर्ने कार्य हुदैछन्,’ उनले भने, ‘लोकतन्त्र अनुशासनको पद्धती हो, अराजकताको पद्धती होइन ।’
उनले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रलाई राजश्व चुहावन नियन्त्रण, पछिल्लो समय चुनौतीका रुपमा देखिएको लागुऔषध नियन्त्रण, आत्महत्या न्युनीकरण र सवारी दुर्घटना न्युनीकरणमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।
नागरिकको गुनासो व्यवस्थापनका लागि गृह मन्त्रालयले आवश्यक संयन्त्र निर्माण गरिरहेको जानकारी समेत दिए ।
‘२४ सै घण्टा काम गर्ने गरी गुनासो व्यवस्थापन केन्द्र स्थापना केही दिनमै हुन्छ,’ उनले भने, ‘जिल्लामा नागरिकको गुनासो सुन्ने पहिलो अधिकारी नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले हो।’
त्यसैगरी गृहसचिव गोकर्णमणी दुवाडीले सरकारप्रति नागरिकको भरोसा बढ्ने गरी काम गर्न निर्देशन दिए । वैदेशिक रोजगारीका नाममा ठगी, आर्थिक अपराध, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, आत्महत्या, लागुऔषध नियन्त्रण लगायतका विषयमा पनि ध्यान दिन प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् ।
बैठकमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहित मन्त्रालयको विभिन्न महाशाखाका प्रमुखहरूको सेमत सहभागिता थियो ।