महेन्द्रनगर । शान्ति पुनस्र्थापना केन्द्रले १ हजार ८ सय ६४ जनाको उद्धार गरेको छ ।
केन्द्रको आर्थिक वर्ष २०८०÷०८१ को तथ्याङ्क हनुसार मानव बेचविखनको सिकार भएका तथा जोखिममा परेका १ हजार ८ सय ६४ जनाको उद्धार गरिएको जनाएको छ । मंगलबार शान्ति पनस्र्थापना केन्द्रले वार्षिक लेखा पसरक्षण कार्यक्रम गरेको हो ।
अध्यक्ष तथा संस्थापक शान्ता सापकोटाको नेतृत्वमा २०५० माघ ४ गतेका दिन यो संस्थाको स्थापना भएको थियो । मानव बेचबिखन विरुद्ध खडा भई यस्तो जघन्य अपराधलाई न्युनिकरण गर्ने कैलाली,कञ्चनपुर,बाँके,बर्दिया,दाङ,कपिलवस्तु,रुपन्देही,धनुषा गरी ८ वटा जिल्लामा शाखा विस्तार गरी मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध काम गर्दै आईरहेको छ ।
संस्थाले आर्थिक वर्षमा कञ्चनपुरबाट २ सय ९७,कैलाली ३ सय ९३,बर्दियाबाट ६९,बाँकेबाट २ सय ९८,दाङबाट २९,कपिलवस्तुबाट ३ सय ४६,रुपन्देहिबाट २ सय ७०,र धनुषाबाट १ सय ६२ जनाको उद्धार गरेको छ । गृहको कञ्चनपुर शाखाले ४ हजार ७ सय ३५ जना अभिव्याक्तिहरुलाई मानव बेचबिखन तथा ओसारपसार र विभिन्न हिंसा विरुद्धमा सुचना तथा परामर्श सेवा प्रदान गरेको शान्ति पुनस्र्थापनाका क्षेत्रीय संयोजक संजित सिंहले बताए।
गृहले जोखिममा रहेका २ सय ९७ जना प्रभावितहरुलाई उद्धार गरी पारिवारिक पुनर्मिलन तथा पुनस्र्थापना गरेको छ । भारतका विभिन्न संघ संस्थाहरु र प्रहरी प्रशासन संगको सहकार्यमा १३ जना अभिव्याक्तिहरुलाई नेपाल फिर्ता गरी पारिवारिक पुनर्मिलन गर्ने सफल भएको छ भने दुई जनाको मानव बेचबिखन तथा ओसारपसार तिन जनाको जक,दुई जनाको बाल यौन दुरुपयोग तथा दुव्यावहार विरुद्ध मुद्धा दर्ता गर्ने सफल भई हराएका १९ जनाको खोजतलासको लागि निवेदन दर्ता भएकोमा दुई जनालाई फेला पारी पारिवारिम पुनर्मिलन गराउन गृह सफल भएको शान्ति पुनस्र्थापनाकी संस्थापक शान्ता सापकोटाले बताईन् ।