महेन्द्रनगर । कञ्चनपुर महेन्द्रनगर जेसीजको साप्ताहिक कार्यक्रम जारी रहेको छ । पहिलो दिन महाकाली मन्दिरमा सरसफाई, दोस्रो दिन अनाथालयमा समाजकल्याण बाल अनाथालयमा खाद्यान्न विवतरण वितरण, तेस्रो दिन महाकाली अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ ।
बर्ष ०२४का लागि महेन्द्रनगर जेसीजको साप्ताहिक कार्यक्रम अन्र्तरगत समाजिक कामकाज भईरहेका छन । महेन्द्रनगर जेसीजका कार्यकारी उपाध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले जेसीजको साप्ताहिक कार्यक्रम अन्तरगत तेस्रो दिन महाकाली अस्पतालमा फलफुल वितरण गरिएको बताए ।
कार्यकारी उपाध्यक्ष अवस्थीका अनुसार बिरामीलाई फलफुल वितरण गरिएको बताए । कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट९किरण० सहितका महेन्द्रनगर जेसीजका पदाधिकारी सहितका पदाधिकारी, सदस्य सहभागि भएका थिए । जेसिज महेन्द्रनगरले साताव्यापी रुपमा विवित समाजिक काम गरेर दिवस मनाउन लागेको छ ।