स्थानीय खानाका परिकारको स्वाद सहित धनगढीमा खुल्यो लौरो फुड बैंक

Published by:

Published on:


महेन्द्रनगर । अर्गानिक खानाका परिकार खुवाउने उद्देश्यका साथ करिबन १८ लाखको लागतमा धनगढीमा लौरो फुड बैंक एण्ड कफी सप सञ्चालनमा आएको छ ।

धनगढी उपमहानगरपालिका वडा न १ एल एन चोकमा बिहिबार बिहान उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले फुड बैंक एण्ड कफी सपको उद्घाटन गरेका हुन । लौरो फुड बैंकको उद्घाटन गर्दै अध्यक्ष कुँवरले लौरोको ‘जे गर्छु नेपालमै गर्छु’ भन्ने अभियान एकदमै उत्कृष्ट रहेको बताएका छन् । उनले लौरोले चलाएको यो अभियानलाई र लौरोलाई आफ्नो पनि सधैं सहयोग रहने बताएका छन ।

पछिल्लो समय जंगफुड फेसनको रुपमा अगाडी बढी मान्छेको स्वास्थ्यमा गम्भिर असर परिरहेको भन्दै आफूले कोदाको रोटी,कोदाको मम,माणा,निसस्या,फाँपरका परिकार सहित फुड बैंक एण्ड कफी सप सञ्चालनमा ल्याएको सञ्चालक शंकर श्रेष्ठले जानकारी दिए ।

फुड बैंक एण्ड कफी सपमा अर्गानिक खानाका परिकारसँगै कफी पारखीहरुका लागि स्पेसल कफीको पनि व्यवस्था रहेको सञ्चालक श्रेष्ठले बताए । लौरो फुड बैंक एण्ड कफी सपले पुस्तक पारिखीहरुका लागि उत्कृष्ट साहित्यिक पुस्तक पनि उपलब्ध गराउने बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार