महेन्द्रनगर । सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा छिमेकी मुलुक भारत उत्तराखण्डको देहरादुनमा अन्र्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव संचालन हुने भएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघले वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्बद्धन केन्द्रसंगको सहयोगमा देहरादुनमा अन्र्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव संचालन हुने भएको हो । आगामी पुष तेस्रो सातादेखि एक साताका लागि भारतमा व्यापार पर्यटन महोत्सव संचालन गरिने आयोजकले जनाएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले तेस्रो पटक अन्र्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव संचालन गर्न लागिएको बताए । अध्यक्ष जोशीले महोत्सव संचालनका लागि उद्योग वाणिज्य संघले वाणिज्य तथा आपूर्ति मन्त्रालयसंग सम्झौता भईसकेको बताए । ‘हामीले मन्त्रालयसंग सम्झौता गरिसकेका छौँ, ‘उनले भने, ‘सम्झौता अनुरुप स्टलका लागि समेत तयारी अघि सारेका छौँ ।’
यस अघि वाणिज्य संघले दुई पटक देहरादुनमा मेला लगाईसकेको छ । सन ०१७ र ०१८मा पहिलो र दोस्रो पटक मेला संचालन गरिसकिएको र तेस्रो पटक ०२५मा गर्न लागेको बुझिन्छ । वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेन्द्र रावलको पालामा दुई पटक गरिएको र अहिले पिताम्बर जोशीको पालामा तेस्रो पटक मेला गर्न लागिएको छ ।
६ बर्षपछि हुन लागेको महोत्सवमा नेपाली बस्तु तथा सेवाका ५०भन्दा बढि स्टल रहने अध्यक्ष जोशीले बताए । ‘कोरोना महामारीदेखि विवित समस्याले हामीले यस विचमा भारतमा मेला लगाउन सकेनौँ, ‘अध्यक्ष जोशीले भने, ‘अब फेरी सरकारसंग समन्वय गरेर मेला संचालन गर्दैछौँ ।’ नेपाली बस्तु तथा सेवाको भारतीय बजारमा पु¥याउन, भारतसंगको ब्यापार घाटा घटाउन, नेपाली बस्तुलाई अन्र्तराष्ट्रिय बजारसम्मै पु¥याउने उदेश्यका साथ मेला संचालन गर्न लागिएको बताए । एक सातासम्म संचालन हुने मेलामा नेपाली उत्पादित बस्तुको प्रर्बद्धन गरिने छ । यसरी वाणिज्य संघले सरकारसंगको साझेदारीमा आफ्ना नेपाली बस्तु बस्तुको अन्र्तराष्ट्रिय बजारीकरणका लागि गर्ने पहलबाट नेपालको व्यापारमा प्रर्बद्धन हुने अपेक्षा गरिएको छ ।