अधुरै रह्यो ईन्जिनियर बन्ने सपना
महेन्द्रनगर । जिप दुर्घटनामा परि गम्भिर घाईते भएका इन्जिनियर डम्मर धामीको उपचारको क्रममा मृत्यु भएको छ ।
मंसिर पहिलो साता दैजिबाट डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ११ सलेता जादै गरेको जिप दैजी जोगबुडा सडकखन्डको लिपना नाउलामा दुर्घटना हुदा धामी लगाएतका ९ जना यात्रु गम्भिर घाईते भएका थिए भने दुई जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।
घाईते धामीको धनगढीको निर्सग अस्पतालमा उपचार भईरहेको थियो । उपचारको क्रममा रहेका ईन्जिनियर धामीको शुक्रबार ४ बजे मृत्यु भएको पारिवारिक स्रोतको भनाई रहेको छ ।