कञ्चनपुर पुगेर वन मन्त्रीले गरे नवनिर्मित भवनको उद्घाटन

Published by:

Published on:

महेन्द्रनगर । नेपाल सरकारका वन तथा वातावण मन्त्री ऐन बहादुर शाही ठकुरीले शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।शुक्रबार एक कार्यक्रमका विच शाहीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन ।

उनले कञ्चनपुरको दोधारा चाँदमा निर्माणधिन अवस्थामा रहेको सुख्खा बन्दरगाह, मझगाउ विमानस्थलको धावनमार्ग,एप्रोन,कार पार्किङ, नाला सहितको अनुगमन गरेका छन् ।विभिद कामको अनुगमन तथा निरिक्षणको क्रममा कञ्चनपुर पुगेका ठकुरी लगाएतको टोलीले निकुञ्जको नवनिर्मित भवनको उद्घाटन समेत गरेका हुन ।

उद्घाटनमा बोल्दै मन्त्री ठकुरीले सुख्खा बन्दरगाह तथा मझगाउ विमानस्थलको निर्माणकार्यमा देखिएका बाधा अड्चन फुकाउन मन्त्री र मन्त्रालय सधै अग्रसर रहने बताए।उनले सुदुरपश्चिम प्रदेश जैविक विविधता भू–दृश्य र प्राकुतिक सम्पदाको धनी क्षेत्रको रुपमा रहेको हुदा यो क्षेत्रलाई थप धनी बनाउन आफुहरु प्रतिवद्ध रहेको बताए।


कार्यक्रमको अध्यक्षता शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बरिष्ठ संरक्षण अधिकृत मनोज कुमार शाह,विशिष्ठ अथिति समन्वय प्रमुख दुर्गा बोहरा,लगाएत सुरक्षा निकाय,जनप्रतिनिधि,कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार