महेन्द्रनगर । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनबाट महेशराज बोहरा अध्यक्ष चयन गरिएका छन् । वरिष्ठ उपाध्यक्ष बोहरा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । बोहरा यस अघि समितिमा वरिष्ठ उपाध्यक्ष थिए
निवर्तमान समितिका सचिव देबीदत्त पन्त वरिष्ठ उपाध्यक्ष भएका छन् । उपाध्यक्षमा डम्बर बहादुर विष्ट, महासचिव विष्णुदत्त जोशी, सचिव राम बहादुर धामी, कोषाध्यक्ष भरत पन्त, सदस्यहरुमा कृष्ण बहादुर विष्ट, टेक बहादुर ऐर, दुर्गादत्त भट्ट र तेजेन्द्र चन्द चयन गरिएका छन् ।
तत्कालिन पवनदूत यातायात व्यवसायी समिति नयाँ व्यवस्था अनुसार पवनदूत यातायात सेवा प्रा।लि। र पवनदूत अटो मेनेजमेन्ट प्रालिमा बाँडिएको थियो ।
भीमदत्त नगरपालिका १८ सालघारीस्थित कार्यालयमा दुबै प्रालिका प्रधान कार्यालय छन् ।