विकास सिह महता महेन्द्रनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नोवेम्बर २५ देखि विश्वभरमा नै चलिरहको छ ।
हाल सम्म पनि लैङ्गिग हिंसा भन्ने वित्तिकै महिलामा हुने हिंसा मात्र बुझिदा लैङ्गिक तथा यौनिक तथा अल्पसंख्यक समुदायमाथी हुने हिंसा भने अझ पनि ओझेलमा परिरहेको छ ।यसै सन्दर्भमा धनगढी उपमहानगरपालिकाले हरेक शनिवार संचालन गरिहेको महिला उधम मेलामा सुदूर पश्चिम समाजका यौनिक तथा लैीगक अल्प्संख्यक समुदायले ले लैङ्गिक तथा यौनिक तथा अल्पसंख्यकसमुदायमा माथी हुने हिंसा र विभेद पनि सम्बोधन होस् भन्ने उद्देश्यका साथ नृत्य नाटिका प्रस्तुत गरिएको छ ।कार्यक्रम धनगढी उपमहानगरपालिकाको आयोजना रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख कन्दकला रानाको साथै विशेष अतिथि सुदूर पश्चिम प्रदेश सरकारका आन्तरिक तथा कानून मन्त्री हिरा सार्की, भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री निर्मला देवी साउद, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्मा, नगर उपप्रमुख भुलिया राना लगायत अन्य विभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो ।नृत्य नाटिकाको माध्यमबाट सुदूर पश्चिम सरकार, स्थानीय निकाय लगायत अन्य सरोकारवाल निकायहरुलाई यस समुदायमाथी हुने विभिन्न स्थानमा हुने हिंसा तथा भेदभावको बारेमा प्रस्तुत गरिएको थियो साथै सवै प्रकारको सरकारबाट यस समुदायमाथी हुने विभेद न्यूनीकरणको लागि सहयोगको अपेक्षा पनि प्रस्तुत गरिएको थियो ।नृत्य नाटिका पश्चात सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकारको लागि कानु निमार्णमा विशेष जोड दिने वचन दिनुभएको छ।” उनले भन्नू भयो,’ समाजमा सबै जातजाति, लिङ्ग , भाषा लाई समान रुपमा लिनु र समान्तर अधिकार प्राप्ति गर्न पाउनु सबै नागरिकको कर्तव्य संगै अधिकार हो, यो समुदायका हक अधिकार लाई सुनिश्चित गर्न प्रदेश सरकार कहि कतै नचुक्ने र म व्यक्तिगत तर्फबाट पनि यो समुदायमा हुने विभेद न्यूनीकरणमा साथ सहयोग सधै रहने मन्त्री सार्किले बताए।”नृत्य नाटिका प्रस्तुत पश्चात् सहभागी सम्पुर्णले यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायमा हुने विभेद पहिला भन्दा निकै कम रहेको र समुदायमा पनि सहजता हुने गरेको बताए। आगामी दिनमा तिनै तहका सरकारले विशेष रुपमा कानुनी कुरा देखि हक अधिकार प्रत्याभूतिका लागि लैङ्गकि मन्त्री हुनुपर्ने कुरामा विशेष जोड दिनु भयो।