विश्वविद्यालयका प्राद्याध्यापकद्धारा श्रीमतीलाई मरणाशन्न हुने गरी कुटपिट, कुटपिट पछि प्राद्याध्यापक फरार, श्रीमती अस्पतालको शैय्यामा

Published by:

Published on:

महेन्द्रनगर । मंसिर १० गतेदेखि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ । महिलामाथि लैङ्गिक आधारमा हुने सबैखाले हिन्सा न्यूनिकरणका लागि नेपालमा पनि हिन्सा बिरुद्धको अभियान मनाईरहेका छन । तर, महिला हिन्सा बिरुद्धको अभियान संचालनकै बेला एक विश्वविद्यालयका प्राद्याध्यापकले श्रीमतीलाई मरणाशन्न हुने गरी कुटपिट गरेका छन ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उप प्रद्याध्यापक पृथ्वीराज भट्टले श्रीमती जयन्ती भट्टलाई मरणाशन्न हुने गरेर कुटपिट गरेका हुन । प्राद्याध्यापक श्रीमान भट्टको कुटाईबाट शिक्षिका समेत रहेकी श्रीमती जयन्ती गम्भिर घाईते भएकी छिन । उनी दुई दिनदेखि अस्पताल भर्ना भएकी छिन ।

श्रीमानको कुटाईबाट घाईते भएकी जयन्तीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको आफन्तले बताएका छन । घाईते जयन्तीका आफन्त भदु बसन्त भट्टले फुपाजुले मदिरा सेवन गरेर फुपुलाई कुटपिट गरेपछि आफुलाई टेलिफोन गरेपछि घटना थाहा पाएको बताए ।

‘शनिबार दिउँसोतिर फुपुमाथि निर्धात कुटपिट भएको रहेछ, ‘उनले भने, ‘हामीले नै रगताम्मे अवस्था भेटिएकी घाईते फुपुलाई घरबाट ल्याएर महाकाली अस्पताल पु¥याएका हौँ, त्यहाँ उपचार सम्भव नभएपछि सेती अस्पतालमा उपचार भईरहेको छ ।’

प्राद्याध्यापक श्रीमानको कुटाईबाट जयन्तीको टाउको, हात, छातीमा गम्भिर चोट लागेको उनले बताए । घटनाकै दिन माईती पक्षले प्रहरीमा मौखिक तथा डाडो निवेदन दिएका छन । ‘दुनियालाई शिक्षा दिने शिक्षकबाट यसरी मदिरा सेवन गरेर मरणान्न हुने गरेर कुटपिट कार्य निन्दनिय भएको छ, ‘उनले भने, ‘अब यस्ता कार्य कानुन अनुरुप निरुपण गर्नुपर्छ, दोषिमाथि कानुनी कार्बाही हुनुपर्छ ।’

फुपु जयन्तीलाई एक पटक नभई पटक पटक कुटपिट गर्दै आएको उनले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले सुपविका प्राध्यापक पृथ्वीराज भट्ट बिरुद्धमा श्रीमती कुटपिट गरेको डाडो निवेदन परेको बताए । ‘यस घटनाको अनुसन्धान अघि बढाएका छौँ, ‘उनले भने, ‘कुटपिट गर्नेको खोजी भईरहेको छ ।’

कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले केही समय अघि मात्रै पृथ्वीराज भट्टले श्रीमती कुटपिट गरेको घटनाको मिलापत्र गरेपछि पनि कुटपिट गरेको बताए । ‘उहाँहरुले केही दिन अघि मात्रै पनि मिलापत्र गरेका थिए, ‘उनले भने, ‘फेरी फेरी घटना घटाएको छ ।’ यस अघि पनि एक सुपविका प्रद्याध्यापकले श्रीमती कुटपिट गरेका थिए ।

गत बैशाखमा सुपविको आंगिक क्याम्पस जयपृथ्वी बहुमुखी क्याम्पसमा कार्यरत उपप्राध्यापकले पनि श्रीमतीलाई यातना कुटपिट गरेपछि पक्राउ परेसंगै जिप्रकाबाट मिलापत्र गरेका थिए । शिक्षा दिने थलोमा कार्यरत प्राध्यापक९गुरुहरु०नै आफ्नै श्रीमतीलाई यातना, कुटपिट गर्ने अरुमाथि के गर्लान के शिक्षा देलान भन्दै नागरिक समाजले प्रशन गरिरहेका छन ।
सुपका प्राध्यापक यसरी समाजिक अपराधमा मुछिन थालेपछि राम्रा ईमान्दार कर्तव्यनिष्ट प्राध्यापकको समेत मनोबल खस्काउने, बदनाम गराउने काम गरेका छन । उसैपनि सुपवि गुणस्तरिय शिक्षादेखि चुस्तदुरुस्त प्रशाशननिक कामकाजमा बदनाम टिकाटिप्पणी भईरहेका बेला पुरुष शिक्षकले घरमा श्रीमती कुटन थालेपछि महिला विद्यार्थी समेत त्रसित भएका छन ।

कतिपय स्थानीयले शक्ति, पहुँचका भरमा सुपमा जागिर खाने अनि अरुलाई नैतिकता शिक्षा सिकाउने आफु अपराध कर्ममा मुछिने भन्दै घटनाको सत्यतथ्य छानबिनको माग अघि सारेका छन ।
महिला हिन्सा बिरुद्धको अभियानकै बेला सुपविका प्राध्यापकले यसरी श्रीमती कुटपिट गरेपछि महिला अधिकारकर्मीले समेत प्रशन गरिरहेका छन ।

राजनैतिक, पहुँच, शक्तिमा भरमा विश्वविद्यालय छिरेका व्यक्तिबाट घरपरिवार,समाज विश्वविद्यालयले धेरै आश गर्नु बेकार भएको समेत कतिपयको तर्क छ । उनीहरुबाट समाजले यस्तै फल पाउने तर्क समेत व्यक्त गरिरहेका छन ।

महिला अधिकारकर्मी भगवती थापाले शिक्षक जस्तो पेशामा रहेका व्यक्तिले श्रीमती कुटपिट गर्नु निन्दनिय भएको बताईन । ‘कसैले पनि कसैलाई कुटन मिलेन, प्राध्यापक, शिक्षित व्यक्तिले गस्तो गर्न सुहाउँदैन पनि, शिक्षकले विद्यालयमा हराजौँ विद्यार्थीलाई चेतना दिन्छन, यो घटनाले अब हजारौँ विद्यार्थीले के सिक्ने हो, यस्ता विषयमा समेत शिक्षक स्वयमले ध्यान दिनुपर्छ ।’

अभियानकै दौराउनमा महिलामाथि कुटपिट हुने विषय दुखद भएको बताउँदै उनले छानबिन गरेर दोषि उपरमाथि कार्बाही गर्नुपर्ने बताईन । घटनाका विषयमा पृथ्वीराज भट्टसंग उनले प्रयोग गर्ने ९८४९२९६०९८ नम्बरमा सम्पर्क गर्न फोन स्वीचअफ थियो । प्रहरीले शनिबारदेखि प्राध्यापक पृथ्वीराज भट्टको खोजि गरिरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार