महेन्द्रनगर । मंसिर १६ मा सम्पन्न वडा अध्यक्षको उपनिर्वाचनमा नौं जना उम्मेदवारको जमानत धरौटी रकम रफत भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडा अध्यक्षको लागि भएको उप निर्वाचनमा नौ जना उम्मेदवारको जमानत धरौटी रकम जफत भएको मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले बताएका छन् ।
जमानत जोगाउन उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कूल सदर मतको कम्तिमा पनि १० प्रतिशत पाउनुपर्ने कानूनी प्रावधान छ । १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुन्छ ।
जमानत धरौटी रकम जफत हुनेमा नेकपा एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, स्वतन्त्र थानेश्वर लेखक, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौरा, नेकपा माओवादी केन्द्रका नानाराम कोली, स्वतन्त्र युवराज चन्द, राप्रपा नेपालका दिलबहादुर धामी, नेमकिपाका दलबहादुर बोहरा र जनमत पार्टीका यादवबहादुर चन्द रहेका छन् ।
जमानत जोगाउन उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कूल सदर मतको कम्तिमा पनि १० प्रतिशत पाउनुपर्ने कानूनी प्रावधान छ । १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुन्छ । २०७९ मा भएको स्थानिय तहको निर्वाचनमा ६ वडाबाट नेपाली कागें्रसका महेन्द्र खड्का विजयी भएका थिए ।
वडा अध्यक्ष तथा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता समेत रहेका खड्काको सवारी दुर्घटनामा परी स्वर्गवास भएको थियो । २०५४ सालदेखि ऐमालेको किल्ला रहेको ६ मा उपनिर्वाचनमा नेपाली काग्रेंसका प्रकाश चन्द भारी मतले विजयी भएका छन् ।