महेन्द्रनगर । प्राज्ञिक थलो सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले श्रीमती जयन्ती भट्टलाई महिला हिन्सा बिरुद्धको अभियान चलेकै बेला कुटपिट गरेर घटना बाहिरीएसंगै विगतका पनि घटना बाहिरिन थालेका छन ।
सुपविका उपप्राध्यापक भट्टले श्रीमती जयन्तीलाई यस पटक मात्रै हाईन पटक पटक कुटपिट गर्दै प्रहरीमा मिलापत्र गरेर घटना सामसुम पार्दै आएको माईती पक्षले सार्वजनिक गरेका छन ।
घाईते जयन्तीमा माईती पक्षले पटक पटक जयन्तीमाथि घरेलु हिन्सादेखि मरणाशन्न हुने गरेर कुटपिट गर्दा समेत समाजिक प्रतिष्ठाका लागि यातना सहेर बसेको जनाएका हुन । जयन्तीका भदु बसन्त भट्टले सोमबार समाजिक सञ्जालबाटै शिक्षक फुपाजुले तीन पटक कुटपिट गरेर प्रहरीमा मिलापत्र गरेको सार्वजनिक गरेका छन ।
भट्टका अनुसार ०७७ भदौँ महिला गर्भवती अवस्थामै रहेकी जयन्तीलाई निर्घात कुटपिट गरेर वडा प्रहरी कार्यालयमा माफि मागेर छुटेका थिए, ०७९ सालमा ज्यानै लिने गरेर कुटपिट गरेपछि सेती अस्पतालमा उपचार र घरयारी माफि मागेर मिलापत्र गरिएको थियो । मदिरा सेवन गरेर गत बर्ष ०८० सालमा पनि ज्यानै लिने गरी कुटपिट गरेर जिल्ला प्रहरी कार्यालयमा माफि मागेर छुटेका थिए ।
१५ मंसिर ०८१मा घरमा ज्यानै लिने गरी कुटपिट गरेपछि आफु फरार, श्रीमती जयन्तीको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
१० मंसिरदेखि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु भएकै बेला सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उप प्रद्याध्यापक पृथ्वीराज भट्टले श्रीमती जयन्ती भट्टलाई मरणाशन्न हुने गरेर कुटपिट गरेको घटनाले प्राज्ञिक क्षेत्रमा मात्रै नभई सिङ्गो समाजमै तरङ मच्चाईएको छ । आफ्नो छोरीको ज्यान लिने गरी भएको घटना मार्न खोजेको भन्दै माईती पक्ष कानुनी प्रकृयामा अघि बढेको छ । भट्ट दाम्पतीका दुई कलिला सन्तान अहिले मामा घरमै छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले सुपविका प्राध्यापक पृथ्वीराज भट्ट बिरुद्धमा श्रीमती कुटपिट घटनाको अनुसन्धान भईरहेको बताए । प्रवक्ता जोशीले घटनाको छानबिन भईरहेको बताए ।
प्रहरीले शनिबारदेखि प्राध्यापक पृथ्वीराज भट्टको खोजि गरिरहेको जनाएको छ । घटनाको महिला अधिकारकर्मीले बिरोध गर्दै अब विगतको जस्तो मिलापत्र नभई कानुन अनुरुप कार्बाही गर्नुपर्नेमा माग अघि सार्दै मिलापत्र गरेर आन्दोलनको चेतावनी दिएका छन । अभियानकै दौराउनमा महिलामाथि कुटपिट हुने विषय दुखत भएको बताउँदै अधिकारकर्मीहरुले छानबिनको माग अघि सारेका छन ।
घटनाका विषयमा पृथ्वीराज भट्टसंग उनले प्रयोग गर्ने ९८४९२९६०९८नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुनसकेन ।