कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रावलले मनाए अनाथालयमा जन्म दिन

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष धर्म सिह रावलले समाज कल्याण बाल अनाथालयमा आफ्नो ४५ औं जन्म दिन मनाएका छन्

मंगलबार साँझ रावलले अनाथालयका बालबालिकासित कार्यक्रम गरी जन्म दिन मनाएका हुन् । रावलले केक काटेर सबै बालबालिकालाई खुवाउनका साथै उनीहरुलाई पानी तताउने सामाग्री थर्मस, केटली, घडी, थाल लगायतका इलेक्ट्रिक सामाग्री हस्तान्तरण गरे ।

लक्की ड्रबाट बालबालिका छनौट गरी सामाग्री प्रदान गरिएको छ । कार्यक्रममा लक्की ड्र गरिएको छ । यसका लागि उनले विहान अनाथालयका सबै २४ जना बालबालिकाको नामावली मागेर तयारी गरेका थिए ।

अनाथ बालबालिकालाई एक्लो नभएको अनुभूति दिलाउन आफूले अनाथालयमा जन्म दिएको मनाएको उनले बताए ।

‘यो एउटा रमाइलो पनि भयो, बालबालिका उत्साहित पनि भए’ उनले भने,‘वहाँहरु एक्लै छौ भन्ने फिल नगरुन भन्ने हो, उत्साह दिन हो ।’

रावलको जन्म दिनको उनकी छोरी स्लेशा र छोरा सुप्रित रावल सहित अनाथालय सञ्चालक समितिका सदस्य भगवति थापा, अनाथालयका कार्यालय प्रमख दिवाकर भट्ट लगायत सहभागी भए । अनाथालयमा हाल २४ जान छन् । उनीहरु महेन्द्रनगरमा विभिन्न विद्यालयमा अध्ययन गर्दै आएका छन् ।

बाणिज्य संघका उपाध्यक्ष रावलले पहिलो पटक अनाथालयमा जन्म दिन मनाएका हुन् । अघिल्ला सबै जन्म दिन घर परिवार र होटेलमा मनाइएका थिए

भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारका वासिन्दा उनी नव जीवन ट्रेडर्सका सञ्चालक हुन् । दुई दशकदेखि रावल व्यवसायमा सक्रिय छन् ।

कपडाको रेडिमेड पसलबाट व्यवसाय थालेका उनी हाल इलेक्ट्रोनिक्स समानको व्यापार गर्दै आएका छन् । ५ लाखबाट उनले कारोबार सुरु गरेका हुन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघमा उनी बाणिज्य उपाध्यक्ष हुन् । संघमा उद्योग र बाणिज्य गरी दुई उपाध्यक्ष छन् । संघको निर्वाचनमा फराकिलो मत अन्तरले उनी बाणिज्य उपाध्यक्ष निर्वाचित भएका थिए ।

संघमा सदस्य हुँदै उनी उपाध्यक्ष भएका हुन् । ६ वर्ष अघि उनी संघको सदस्य निर्वाचित भएर संघको समितिमा प्रवेश गरेका थिए ।
समाज कल्याण बाल अनाथालयका सदस्य भगवती थापाले सबैको साथ र सहयोगले अनाथालय सञ्चालनका लागि सहयोग पुगेको बताइन् ।

दुई दशक अघिसम्म अनाथालय सञ्चालनमा सरकारी अनुदान आउने गरेको थियो । अनुदान रोकिएपछि सहयोग संकलन गरी अनाथालय सञ्चालन हुँदै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार