महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरमा श्रीमानद्धारा धारीलो हतियार प्रहार गरि हत्या गरिएकि २९ बर्षिय ज्योती विष्टको मंगलबार अंत्येष्टि गरिएको छ ।
हत्या पछि ज्योतीको शव शव परिक्षणको लागि महाकाली प्रादेशिक अस्तलाको शव गृहमा राखिएको थियो।ज्योतिका श्रीमान नरेन्द्र बिष्टले श्रीमतीको हत्या गरेको स्वीकार गरेपछि बिष्ट अहिले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासमा छन् । माईती पक्षको रोहबर र साचि राखि ज्योतीको शव परिक्षणपछि पोईली पक्षले बुझेका थिए।
ज्योतिको हिन्दु संस्कार अनुसार मंगलबार महाकाली निदिमा अंत्येष्टि गरिएको ज्योति बिष्टकी भाउजु दिपा बिष्टले बताईन।ज्योतीको मंसिर १५ गते साझ नेपाल प्रहरीका भुपु असई नरेन्द्र बिष्टले हसियाले छियाछिया काटि हत्या गरेका थिए