मस्तिष्कघात भएका धनगढीका मेयर गोपाल हमाललाई दिल्ली रेफर गरियो

Published by:

Published on:

महेन्द्रनगर । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल बिरामी भएका छन् ।

उनलाई मस्तिष्क घात ब्रेन अट्याक को समस्याको देखिएपछि शुक्रवार राति नै धनगढीको माया मेट्रो अस्पताल भर्ना गरेको थियो ्र

उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार गरिराखीएकोमा आज भने उनलाई दिल्ली रेफर गरिएको छ ।

उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले जानकारी दिए । यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार