लखन चौधरी धनगढी । पछिल्लो समय पश्चिम तराईस्थित थारु बस्तीका नेतृत्वले बाली ९पारिश्रमिक० पाउन थालेका छन् । वर्षभरि गाउँको सेवा गरेबापत गाउँलेबाट उनीहरूले पारिश्रमिक स्वरुप जिन्सी र नगद पाएका हुन् ।
कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका भलमन्सा रामऔतार चौधरी, चिराकी अँगानी चौधरी, गुरुवा सत्यनारायण डंगौरा र केसौका प्रदेशु थारुले एक वर्ष गाउँको सेवा गरेबापत प्रतिघरधुरीबाट ७ पसेरी धान ९१७।५ केजी० धान, एक पसेरी चामल ९२।५ केजी० र नगद ३५० रुपैयाँ प्राप्त गरे ।
२७१ घरधुरी रहेको बेनौलीमा उठेको ४ हजार ७४२ केजी धान र ६७७ केजी चामलमध्ये आधारआधा भाग गुरुवा र केसौकाले पाए भने ३५० रुपैयाँको दरले संकलित ९४ हजार ८५० रुपैयाँ नगदमध्ये आधाआधा रकम भलमन्सा र चिराकीले पाए ।
थारु गाउँमा भलमन्सालाई गाउँ प्रमुखको जिम्मेवारी हुन्छ भने चौकीदारको भूमिका खबर बाहकको हुन्छ । त्यस्तै, गुरुवाको जिम्मेवारी पूजापाठ गर्ने हुन्छ भने केसौका अर्थात् सहायक गुरुवाको काम गुरुवालाई सहयोग गर्नु वा गुरुवाको अनुपस्थितिमा पूजापाठ गर्नुपर्ने भलमन्सा रामऔतार चौधरीले बताए ।
बेनौलीका भल्मन्सा रामऔतार चौधरीले भने, ‘थारु समुदायको भलमन्सा प्रणाली सदियौंदेखि प्रचलित प्रथा हो । यो प्रथाभित्र आफ्नै नियम हुन्छन् । प्रथालाई अस्तित्वमा राख्न गाउँको सेवामा खट्ने व्यक्तिहरूलाई पारिश्रमिक स्वरुप बाली दिने चलन चल्दै आएको छ ।’
लम्की चुहा नगरपालिका ७ हरदहनीका स्थानीय समेत रहेका थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले गाउँका नेतृत्वहरूलाई बाली दिनको लागि ४० केजी धान प्रतिधुरीबाट संकलन हुँदैआएको बताए । बर्सेनि घरधुरी संख्या बढ्दै जाने भएकाले संकलित अन्न र रकम गाउँको कोषमा बचत हुने उनी बताउँछन् ।
बाली संकलन कार्य बेनौली र हरदहनीमा मात्रै होइन, आजभोलि पश्चिम नेपालको प्रायः थारु बस्तीमा धमाधम भइरहेको छ ।
बरघर सशक्तिकरण अभियानकर्ता एकराज चौधरीले पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको बताए । भलमन्सा, बरघर, गुरुवा, केसौकालाई बाली दिने प्रचलन पनि कायमै रहेको उनको भनाइ छ ।
धनगढी उपमहानगरपालिका ११, बाँसखेडाका पूर्व भलमन्सा समेत रहेका रोहित चौधरीले आफ्नो बस्तीमा पनि चौकीदार र भर्रा ९गुरुवा०लाई पारिश्रमिक स्वरुप बाली दिने गरेको बताए । उनीहरूको वर्षभरिको सेवाबापतको पारिश्रमिक गाउँलेहरूले नै तोकिदिने बताउँदै चौधरीले प्रत्येक वर्ष माघीमा सो पारिश्रमिक पनि पुनरावलोकन हुने प्रचलन रहिआएको सुनाए ।
बरघर सशक्तिकरण अभियानकर्ता एकराज चौधरीले पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको बताए । भलमन्सा, बरघर, गुरुवा, केसौकालाई बाली दिने प्रचलन पनि कायमै रहेको उनको भनाइ छ ।
समाजमा सेवा गर्नेलाई समाजले नै सेवाको मूल्यांकन स्वरुपको पारिश्रमिक दिनु वैज्ञानिक र सामाजिक रहेको एकराजले बताए । उनले भने, ‘समाज सेवा गर्ने व्यक्तिको पनि घर परिवार हुन्छन् । उसको सेवाको मूल्याङ्कन गरेर पारिश्रमिक दिन कार्यले समाजमा सुशासन ल्याउँछ । सेवा गर्न प्रोत्साहित गर्छ ।’
थारु समुदायमा बरघररभलमन्सा, चिराकीरचौकीदार, गुरुवा र केसौकाहरूको नेतृत्वदायी भूमिका रहँदै आएको छ । गाउँभित्रको पानी पँधेरो, सडक, सिँचाइ कुुलो, पुल पुलेसो निर्माण तथा मर्मत सम्भारदेखि जन्म, विवाह, मृत्यु संस्कारसम्ममा उनीहरूको भूमिका रहन्छ । गाउँमा झै–झगडा मिलाउने कार्यसमेत बरघरकै रोहबरमा हुँदै आएको छ ।
बरघर प्रथा थारु समुदायमा स्थापित प्रथा हो । जुन प्रथा अनुसार थारु समुदायमा बरघरले निश्चित समयका लागि समाजबाट कार्यकारी प्रमुखको जिम्मेवारी पाएका हुन्छन् । माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको थारु समुदायमा माघी पर्व मनाइसके लगत्तै माघी डेवानी कार्यक्रम आयोजना गरी बरघर चयन गर्ने र वर्षभरिका लागि कार्ययोजना बनाउने कार्य हुन्छ । समुदायको वार्षिक कार्ययोजनाभित्र समुदायको नेतृत्वकर्तालाई बाली दिने वा नदिने तथा बालीको दररेट तोक्ने कार्य सर्वसम्मतिले पारित हुने बताइन्छ ।
थारु समुदायमा बरघररभलमन्सा, चिराकीरचौकीदार, गुरुवा र केसौकाहरूको नेतृत्वदायी भूमिका रहँदै आएको छ । गाउँभित्रको पानी पँधेरो, सडक, सिँचाइ कुुलो, पुल पुलेसो निर्माण तथा मर्मत सम्भारदेखि जन्म, विवाह, मृत्यु संस्कारसम्ममा उनीहरूको भूमिका रहन्छ । गाउँमा झै–झगडा मिलाउने कार्यसमेत बरघरकै रोहबरमा हुँदै आएको छ ।
स्थानीय तहमा वैधता
पछिल्लो समय बरघर तथा भलमन्सा प्रथालाई स्थानीय तहरूले वैधतासमेत दिएका छन् । थारु बाहुल क्षेत्रका स्थानीय तहरूले बरघररभलमन्सा ऐन ल्याइ वैधता दिन थालेका हुन् । हालसम्म १८ पालिकाले कानुनी मान्यता दिइसकेको एकराज चौधरी बताउँछन् ।
योसँगै पालिकाहरूले बरघर भलमन्साहरूको क्षमता विकासका तालिमदेखि लिएर अन्य सुविधा प्रदान गर्दै आएका छन् ।